हैजा के कारणले हुन्छ ? यसबाट कसरी बच्ने ?
हेल्थ टिभी अनलाइन : हैजा ब्याक्टेरियाका कारण हुने एक किसिमको संक्रमण हो। यसले पखाला लगाउने र र शरीरमा पानीको कमी गराउने गर्छ । हैजाको सजिलै उपचार हुन्छ। तर यदि उपचार नगरिए केही घण्टामै यसका कारण मृत्यु समेत हुन सक्छ। सफा पानी र आधारभूत सरसफाइ नभएका ठाउँमा बस्ने मानिसहरूलाई हैजाले बढी असर गर्छ।
भिब्रिओ कोलरा भनिने ब्याक्टेरियाका कारण हैजाको संक्रमण हुन्छ। यसले सानो आन्द्रामा विषाक्त पदार्थ बनाउँछ, जसका कारण शरीरले धेरै मात्रामा पानी निकाल्छ। त्यसले गर्दा पखाला लाग्छ र गम्भीर अवस्थामा शरीरबाट धेरै मात्रामा नुन तथा तरल पदार्थ बाहिर निस्किन्छ। र बिरामीले समयमै उपचार नपाएमा मृत्यु सम्त हुन्छ । वर्षातको समयमा झाडापखाला, हैजा जस्ता पानीजन्य रोगको जोखिम हुने गर्छ ।
अहिले वर्षातको समय छ । यो बेला पिउने पानी तथा खानेकुरामा विशेष ध्यान पुराउन आवश्यक हुन्छ । वर्षाका कारण पानी दूषित हुने भएकाले उक्त दूषित पानी पिएमा त्यसले हैजा झाडापखाला जस्ता रोग निम्त्याउने गर्छ ।
त्यसैले पानी अनिवार्य उमालेर पिउने तथा खानेकुराको सरसफाईमा विशेष ध्यान पुराउन सके धेरै हदसम्म हैजाबाट जोगिन सकिन्छ । यतिबेला पर्साको वीरगञ्जमा समुदायस्तरसम्मै हैजा संक्रमण फैलिएको छ । सो नियन्त्रणका लागि सरकारले विभिन्न टोली खटाएको छ ।




व्यवहारिक मनोविज्ञान सम्बन्धी अन्तराष्ट्रिय सम्मेलन गर्दै नेशनल कलेज
वरिष्ठ प्याथोलोजिस्ट डा सुजन शर्मा स्पेनको बायोसिस्टम्समा प्राविधिक सल्लाहकार नियुक्त
चौंथो सुदीप्ता क्यान्सर सर्भाइभर र्याम्प शो हुँदै
स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा डा सुवास प्याकुरेल नियुक्त
ह्याम्स अस्पताल र म्याक्स सुपर स्पेशालिटी अस्पतालबीच रणनीतिक सहकार्य