आज हरितालिका तीज : व्रत बस्दा के कुरामा ध्यान दिने ?
हेल्थ टिभी अनलाइन : भाद्र शुक्ल तृतीयाका दिनमा मनाइने हरितालिका तीज पर्व आज पूजा आराधना गरी व्रत बस्दै मनाइँदैछ। भाद्र शुक्ल तृतीयामा व्रत बसी पूजा, उपासना गरेमा पारिवारिक सुख, शान्ति र कल्याणको प्राप्ति हुने धार्मिक विश्वासकासाथ तीज मनाउने गरिन्छ । परापूर्व कालदेखि मनाउँदै आएको भए पनि व्रत बस्दा भने केही कुराहरुमा विशेष ध्यान दिन आवश्यक हुन्छ । कसरी तयारी गर्ने त व्रतको ?
व्रत बस्नु अघिल्लो दिन अर्थात दर खाने दिन पौष्टिक खाना फलफूल, दूध, गेडागुडी खानु राम्रो हुन्छ। यदि स्वास्थ्यमा केही समस्या भएमा वा व्रत बस्दा कमजोर महशुस भएमा फलफूल, पानी, दही, मही लिएर व्रत बस्नु राम्रो हुन्छ । यदि कसैले नियमित औषधि खाइरहनुभएको छ भने आफनो डाक्टरको सल्लाहअनुसार व्रत बस्नु हुन्छ की हुँदैन वा कसरी बस्ने सो अनुसार गर्नुपर्छ ।
मधुमेह, रक्तचाप वा अन्य दीर्घ रोग भएकाले स्वास्थ्यलाई प्राथमिकता दिनुपर्छ। चाडबाड मनाउने र आफनो शरीर, स्वास्थ्यको अवस्था हेरेर मात्र । अन्यथा स्वास्थ्यमा पछि गम्भीर असर पर्न सक्छ । ‘निराहार, जलाहार र फलाहार गरी व्रतका तीन किसिम छन्, सक्नेले निराहार, नसक्नेले जलाहार र जलाहार पनि नसक्नेले फलाहार व्रत बस्नु उत्तम हुने चिकित्सकहरु बताउँछन्। जतिसुकै छलफल गरे पनि बिरामीको हकमा भने आफूलाई जे गर्दा स्वास्थ्यलाई हानी गर्दैन त्यही गर्नु उत्तम हुन्छ ।





नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?
सुरक्षित गर्भपतन सेवामा लगानी बढाउन विज्ञहरूको जोड