आज दर खाने दिन
हेल्थ टिभी अनलाइन : भाद्र शुक्ल तृतीयाका दिन मनाइने तीज सनातन हिन्दू नारीहरूको महत्त्वपूर्ण पर्व हो। धार्मिक, सामाजिक र साँस्कृतिक रूपमा यो पर्वकोे ठूलो महत्त्व छ। तीजको अघिल्लो दिन द्वितीयाका दिन छोरीचेलीहरू माइतीमा जम्मा भएर मिठा मिठा परिकार खाने चलन छ, जसलाई दर खाने भनिन्छ।
दर खाने दिनमा विभिन्न मीठा परिकार बनाएर खाने मात्र होइन नाचगान गरेर रमाइलो गर्ने पनि चलन छ । तीजको दिन निराहार ब्रत बस्ने भएकाले त्यसको लागि अघिल्लो दिन पौष्टिक तत्वले भरिपूर्ण भएका खानेकुरा खाने चलन चलेको बताइन्छ । दरमा विशेष गरी खिर, घिउ राखेको भात, विभिन्न थरीका गेडागुडी, अचार, दही मिठाई खाने प्रचलन छ ।
पहिले तीजको अघिल्लो दिन मात्रै दर खाने चलन भए पनि आजभोलि भने विशेष गरी सहरी क्षेत्रमा एक महिनाअघिदेखि नै पार्ती प्यालेसहरुमा बोलाउने र दर खाने र खुवाउने चलनको विकास हुन थालेको छ। जसलाई धेरैले संस्कृतिको विकृतिको रुपमा पनि लिने गरेका छन् भने कतिपयले फुर्सद अनुसार दर ख्वाउनु खानु ठिकै हो भन्ने गरेका छन्।
जे भए पनि छोरीचेलीहरुका लागि विशेष मानिने यो तीज चाडमा दर खाँदा आफ्नो स्वास्थ्यको ख्याल गर्दै खान र भोलिपल्ट व्रत बस्दा पनि विशेष ख्याल गर्न चिकित्सकहरुले सुझाव दिएका छन्। पहिले नै दीर्घ रोग भएकाले भने निराहार व्रत बस्न नहुने पनि चिकित्सकको सुझाव छ ।




व्यवहारिक मनोविज्ञान सम्बन्धी अन्तराष्ट्रिय सम्मेलन गर्दै नेशनल कलेज
वरिष्ठ प्याथोलोजिस्ट डा सुजन शर्मा स्पेनको बायोसिस्टम्समा प्राविधिक सल्लाहकार नियुक्त
चौंथो सुदीप्ता क्यान्सर सर्भाइभर र्याम्प शो हुँदै
स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा डा सुवास प्याकुरेल नियुक्त
ह्याम्स अस्पताल र म्याक्स सुपर स्पेशालिटी अस्पतालबीच रणनीतिक सहकार्य