अपोलो अस्पतालको सेवाबारे जानकारी दिन काठमाडौंमा पत्रकार सम्मेलन
हेल्थ टिभी अनलाइन : भारतको दिल्लीस्थित इन्द्रप्रस्थ अपोलो अस्पतालले आफ्नो सेवा सुविधा तथा नयाँ प्रविधीका बारेमा जानकारी दिन काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गरेको छ ।
ग्यास्ट्रोएन्टेरोलोजी र न्युरोलोजी उपचारका क्षेत्रमा पछिल्लोपटक भएका विकास र प्रविधिबारे जानकारी दिन नयाँ अपोलोले काठमाडौंमा पत्रकार सम्मेलन आयोजना गरेको हो । शनिबार आयोजित कार्यक्रममा अस्पतालका वरिष्ठ चिकित्सकहरूले आफ्ना आफ्ना क्षेत्रका उपलब्धि र नयाँ उपचार प्रविधिबारे विस्तृत जानकारी दिएका थिए ।
अस्पतालका कन्सल्टेन्ट ग्यास्ट्रोएन्टेरोलोजी तथा हेपाटोलोजी डा संजय सिक्काले अस्पतालले पाचन प्रणाली, कलेजो र प्यान्क्रियाससम्बन्धी उपचारमा पछिल्ला वर्षमा महत्त्वपूर्ण उपलब्धि हासिल गरेको जानकारी दिए । उनले भने, ‘हामीले बिरामीको रोगको सटीक निदान, छिटो उपचार र दीर्घकालीन स्वास्थ्य सुधारलाई लक्षित गर्दै उच्चस्तरीय उपचार प्रविधि र नवीनतम विधिहरू अपनाएका छौँ ।’ डा सिक्काले आफनो अस्पतालले गुणस्तरीय सेवामा कुनै कन्जुस्याइँ नगर्ने पनि जिकीर गरे ।
यसैगरी अस्पतालका न्युरोलोजी विभागका वरिष्ठ कन्सल्टेन्ट डा पीएन रेनजेनले न्युरोलोजी उपचारका क्षेत्रमा भएका नयाँ नयाँ उपलब्धि र अस्पतालको क्षमताबारे जानकारी दिए । उनले स्ट्रोक, मिर्गी, पार्किन्सन रोग, न्युरोप्याथी, टाउकोमा चोटपटक, स्पाइनल डिसअर्डर र मस्तिष्क ट्युमरजस्ता जटिल न्युरो रोगहरूको अपोलो अस्पतालमा सफलताका साथ उपचार भइरहेको जानकारी दिए । उनले नेपालबाट थुप्रै बिरामी आफनो अस्पतालमा आउने गरेको जानकारी दिंदै यसरी नेपालबाट आउनेका लागि १० प्रतिशत छुटको व्यवस्था गरिएको पनि जानकारी दिए ।




व्यवहारिक मनोविज्ञान सम्बन्धी अन्तराष्ट्रिय सम्मेलन गर्दै नेशनल कलेज
वरिष्ठ प्याथोलोजिस्ट डा सुजन शर्मा स्पेनको बायोसिस्टम्समा प्राविधिक सल्लाहकार नियुक्त
चौंथो सुदीप्ता क्यान्सर सर्भाइभर र्याम्प शो हुँदै
स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा डा सुवास प्याकुरेल नियुक्त
ह्याम्स अस्पताल र म्याक्स सुपर स्पेशालिटी अस्पतालबीच रणनीतिक सहकार्य