डा रामेश कोइरालाले राजिनामा दिंदै भने, ‘अब देश र पेशा पनि फरक’
हेल्थ टिभी अनलाइन : शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रका कार्डियोभास्कुलर विभागका प्रमुख कन्सल्ट्यान्ट कार्डियाक सर्जन डा रामेश कोइरालाले आफनो पदबाट राजीनामा दिएका छन् । उनले सामाजिक सञ्जाल एक्सबाट राजीनामा पत्र सार्वजनिक गरेका हुन्। २५ वर्ष केन्द्रमा काम गरेका डा कोइरालाले आगामी असोज ३० गतेदेखि लागू हुने गरी राजीनामा दिएको उल्लेख गरेका हुन्।
उनले लेखेका छन्, ‘हाल म विदेशमा भएकाले मिति १६ अक्टोबर २०२५ अघि केन्द्रमा उपस्थित हुन असमर्थ हुने भएकाले तदनुसार सोही मिति ३० असोज २०८२ देखि लागू हुने गरी मेरो राजीनामा स्वीकृत गरी सञ्चालक समितिलाई समेत अवगत गराइदिन हुन अनुरोध गर्दछु,’ उनले कार्यकारी निर्देशकलाई सम्बोधन गरी लेखेको राजीनामा पत्रमा उल्लेख छ।
उनले लेखेका छन्, ‘ म तपाईंको खुच्चिङ रमाइरहेछु। एक्कासी सीप, देश, पेशा छाड्दा मन अमिलो त भो तर फरक कलेबरमा फर्किने सोच पनि ज्युँदै छ। र म सो बेला सायद सर्जन नहुँला सरी कुनै दिन म रिक्सा चलाएरै पनि घर चलाउन सक्छु भन्दा पत्याउने मेरा घरकालाई सलाम।’कोइराला मंगलबार बिहान अमेरिका पुगेका हुन् ।
डा कोइरालाले वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान र पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा रिक्त उपकुलपति पदका लागि आवेदन दिएका थिए । त्यसमध्ये उनी धरानका लागि अल्प सूचीमा समेत परेका थिए । तर राजनीतिक खिचातानीमा उनलाई उपकुलपति बनाइएन । यद्यपी उनले यो कुरा सामाजिक सञ्जाल र राजिनामा पत्रमा उल्लेख गरेका छैनन्।




व्यवहारिक मनोविज्ञान सम्बन्धी अन्तराष्ट्रिय सम्मेलन गर्दै नेशनल कलेज
वरिष्ठ प्याथोलोजिस्ट डा सुजन शर्मा स्पेनको बायोसिस्टम्समा प्राविधिक सल्लाहकार नियुक्त
चौंथो सुदीप्ता क्यान्सर सर्भाइभर र्याम्प शो हुँदै
स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा डा सुवास प्याकुरेल नियुक्त
ह्याम्स अस्पताल र म्याक्स सुपर स्पेशालिटी अस्पतालबीच रणनीतिक सहकार्य