नसर्ने रोगबारे ‘मिडिया एडभोकेसी वर्कशप’
हेल्थ टिभी अनलाइन : नसर्ने रोगबारे स्वास्थ्य विधाका पत्रकारका लागि एक दिने मिडिया वर्कशप सम्पन्न भएको छ । नेपाल एनसीडी एलायन्सको आयोजनामा काठमाडौंमा उक्त वर्कशप गरिएको हो ।
नसर्ने रोग बारेको उक्त मिडिया एडभोकेसी वर्कशपमा सबैको चासो र चिन्ता बढ्दै गइरहेको नसर्ने रोगको भार कसरी कम गर्ने र बढी भन्दा बढी जनचेतना कसरी जगाउने भन्नेमा केन्द्रित थियो ।
कार्यक्रममा एनसीडी अलायन्सका सह अध्यक्ष शान्तलाल मुल्मीले नसर्ने रोगकोबारेमा गाउँघरसम्म सही सूचना पुराएर सबैलाई यसबारे सचेत गराउन पत्रकारको भूमिका महत्वपूर्ण हुने बताए । उनले भने, पत्रकारले एकैपटक धेरै व्यक्तिलाई जानकारी दिने भएकाले उनीहरुको नसर्ने रोग रोकथाम र नियन्त्रणमा ठूलो हात हुन्छ ।’ साथै नसर्ने रोगको भार कम गर्न सरकारले नीतिगत रुपमै काम गर्नपर्ने बेला आइसकेको पनि जिकीर गरे ।
यसैगरी अलायन्सकी डा मनिता प्याकुरेलले दक्षिणपूर्वी एसिया क्षेत्रमा नसर्ने रोगको बढ्दो प्रभावलाई कम गर्न के कस्ता काम गर्ने भन्नेबारेमा व्यापक छलफल हुन आवश्यक रहेको र सो कुरा यूएन हाइ लेबल मिटिङमा लान पर्नेमा जोड दिइन । उनले भनिन, ‘सबै देशका आ आफना प्राथमिकता हुन्छन् हाम्रो प्राथमिकता केहो सो निर्धारण गरी सो यूएनमा लान सकियो भने यसले व्यापकता पाउने हाे ।’ साथै नसर्ने रोगको भार कम गर्न सबैले व्यक्तिगत रुपमा पनि आफैबाट सुरु गर्न सकिने र त्यसका लागि जीवनशेली सुधार पहिलो नंबरमा रहेकी बताइन् ।
कार्यक्रममा एलायन्सका तर्फबाट महासचिव किशोरकुमार प्रधानाङ्गले नेपालमा नसर्ने रोगको अहिलेको अवस्था र संस्थाले गरेका गतिविधिका बारेमा प्रकाश पारेका थिए भने स्वास्थ्य पत्रकार अतुल मिश्र, पदमराज जोशी, रामप्रसाद न्यौपाने, सरोज ढुंगेल लगायतले आ -आफनो धारणा राखेका थिए ।
ग्लोबल बर्डेन अफ डिजिज २०१९ को प्रतिवेदन अनुसार ७१ प्रतिशत भार नसर्ने रोगको रहेको छ । जुन प्रत्येक वर्ष बढ्ने क्रममा रहेको पाइन्छ ।





अफ्रिकामा महिलाका अधिकारमाथि चुनौती, ‘मापुटो प्रोटोकल’ बचाउन आह्वान
एमडीएच फर्मास्युटिकल्सलाई क्वालिटी अचिभमेन्ट अवार्ड
ल्वाङलाई औषधिको रुपमा कसरी प्रयोग गर्ने ?
नेपाली औषधि कम्पनी म्याग्नस फार्मा अन्तर्राष्ट्रिय गुणस्तर अवार्डबाट सम्मानित
क्यान्सर बिजेताहरुको एउटै आवाज -‘क्यान्सरलाई जित्न सकिन्छ’