चार स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिका लागि २४ जना सर्टलिस्टमा
हेल्थ टिभी अनलाइन : ४ स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपकुलपतिका लागि २४ जनाको नामसहित सर्टलिस्ट सार्वजनिक भएको छ। कुल ५५ जनाको आवेदन परेकोमा २४ जनालाई सर्टलिष्ट गरिएको हो । सर्टलिष्टमा परेका आवेदकहरुको अन्तर्वार्ता तथा प्रस्तुतिकरण साउन २२ र २३ गते तोकिएको छ ।
अब प्रस्तुतिकरण र अन्तर्वार्ताको आधारमा प्रत्येक प्रतिष्ठानबाट तीन तीन जनाको नाम नियुक्तीका लागि सिफारिस हुनेछ । कर्णाली, बीपी कोइराला, पाटन र पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा रिक्त रहेको उपकुलपति नियुक्ति प्रक्रिया अघि बढाइएको हो।





नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?
सुरक्षित गर्भपतन सेवामा लगानी बढाउन विज्ञहरूको जोड