नेपाल औषधी उत्पादक संघको निर्वाचन आज, नयाँ नेतृत्व छानिने
हेल्थ टिभी अनलाइन : नेपाल औषधी उत्पादक संघ (एपोन) को नयाँ कार्यसमितिका लागि आज निर्वाचन हुने भएको छ । नयाँ नेतृत्वका लागि आज दिउँसो मतदान तय गरिएको छ ।
एपोनको नयाँ कार्यसमितिमा अध्यक्ष पदमा २ जना सहित १७ जनाको उम्मेदवारी परेको छ । आज हुने ३१ औ बार्षिक साधारण सभाले दुई वर्षका लागि नयाँ कार्यसमिति चयन गर्नेछ ।
निर्वाचन समिति संयोजक प्रज्वलजंग पाण्डेका अनुसार निर्वाचनका लागि अध्यक्ष पदमा र दीपक दाहाल र विप्लभ अधिकारीको उम्मेदवारी परेको छ । दाहाल एपोनका पूर्व अध्यक्ष हुन् भने अधिकारी पूर्व महासचिव हुन् । यसपटक १३ पदका लागि १७ जनाको उम्मेदवारी परेको छ । निर्वाचन समितिका अनुसार यसपटक मताधिकार सहितको सदस्य संख्या ६४ रहेको छ ।
एपोन नेपाली औषधी उत्पादक कम्पनीहरुको छाता संगठन हो । यसभन्दा अघि एपोनको अध्यक्षमा महेश प्रधान थिए । उनको कार्यकाल सकिएपछि नयाँ नेतृत्वका लागि निर्वाचन हुन लागेको हो ।





नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?
सुरक्षित गर्भपतन सेवामा लगानी बढाउन विज्ञहरूको जोड