Health TV Online
Health TV Online
Health TV Online

‘कलेजो प्रत्यारोपणपछि पनि स्वस्थ जीवनयापन सम्भव छ’

‘कलेजो प्रत्यारोपणपछि पनि स्वस्थ जीवनयापन सम्भव छ’

हेल्थ टिभी अनलाइन : कलेजो प्रत्यारोपण गरेपछि पनि स्वस्थ जीवनयापन गर्न सकिन्छ भन्दै बिरामीहरुले आफनो धारणा राखेका छन् । विभिन्न कारणले नेपालमा उपचार सम्भव नभएपछि भारतको नारायणा हेल्थमा गएर कलेजो प्रत्यारोपण गरेर आएका बिरामीहरुले यस्तो बताएका हुन् । सोमबार विश्व हेपाटाइटिस दिवसको अवसर पारेर नारायणा हेल्थ र एशोसिएसन अफ जीपी एण्ड इएम नेपालको संयुक्त आयोजनामा गरिएको मिट एण्ड ग्रिट कार्यक्रममा बिरामीहरुले आफनो धारणा राखेका हुन् ।

कार्यक्रममा बोल्दै नारायणा हेल्थमा ८ महिनाअघि कलेजो प्रत्यारोपण गराएका दोलखाका ४९ वर्षीय लिलाबहादुर केसीले आफू पहिले र अहिलेमा निकै फेरिएको बताए । उनले आफ्नो कलेजो बिग्रियो भन्दा अब यत्ति नै होकी भन्ने लागेपनि प्रत्यारोपणपछि निकै सहज भएको र अन्य स्वस्थ व्यक्ति सरह नियमित काममा फर्कन सकेको बताए । उनले हिम्मत नहारी विज्ञ टोलीबाट कलेजो प्रत्यारोपण गराएमा अरु सरह नै स्वस्थ तरिकाले जीवन जिउन सकिने पनि जिकीर गरे । उनले आफूलाई नयाँ जीवन दिने डाक्टरको टिमलाई धन्यवाद समेत दिए। उनलाई उनकी २० वर्षकी छोरीले कलेजो दान गरेकी थिइन ।

यसैगरी कार्यक्रममा अर्का बिरामी नुवाकोटका मधुसुदन डंगोल जसले एक वर्षअघि नारायणा हेल्थमै कलेजो प्रत्यारोपण गराएका थिए, उनले पनि आफू अहिले स्वस्थ भइसकेको बताए । उनले आफूलाई विश्वमा एक करोड जनामा एक जनामा लाग्ने दुर्लभ कलेजोको रोग लागेको र त्यसको उपचार र प्रत्यारोपण पछि अहिले स्वस्थ भएको बताए । उनले भने, ‘डाक्टरहरुको हौसला र मेरो आत्मबलले आज मैले दुर्लभ मानिएको रोगलाई पनि जितेको छु ।’ उनलाई उनकी सासु आमाले कलेजो दान दिएकी हुन् । उनीहरु जस्ता १० वर्षदेखि ७५ वर्षसम्मका ४० बढी  बिरामी जो कलेजो प्रत्यारोपण गरेर अहिले राम्रो र स्वस्थ जीवनयापन गरिरहेका छन् उनीहरु त्यहाँ आएर आफनो उपचार अनुभव सुनाएका थिए ।

कार्यक्रममा नारायणा हेल्थका लिभर ट्रान्सप्लान्ट तथा रोबोटिक लिभर सर्जरी बिभागका प्रमुख डा संजय गोजाले कलेजो प्रत्यारोपण एक जना डाक्टरले मात्र गरेर सम्भव नहुने भन्दै यसका लागि डेडिकेटेट टिम नै संलग्न हुनपर्ने बताए । उनले यो काम सामूहिक प्रयासबाट मात्र सफल हुने भन्दै सबै टिम वर्कका कारण आफूहरुले धेरै बिरामीलाई सफल प्रत्यारोपण गर्न सकेको जिकीर गरे । त्यसमा धेरै जना नेपाली बिरामीहरु पनि भएको जनाकारी दिए । यसैगरी अर्का कलेजो प्रत्यारोपण सर्जन डा संजय कुमार यादवले कलेजो बिग्रीसकेपछि मात्र थाहा हुने हुँदा बेला बेलामा जाँच गरिरहन सल्लाह दिए । उनले वयस्कमा कलेजो बिग्रने कारणहरुमा अल्कोहल, हेपाइटाइटिस लगायत रहेको भन्दै अल्कोहलको लत भए छोड्न र हेपाटाइटिस विरुद्धको भ्याक्सिन लगाउन सकिने पनि जानकारी दिए ।

कलेजो प्रत्यारोपणलाई एक जटिल शल्यक्रियाका रुपमा लिइन्छ । कलेजो बिग्रेपछि प्रत्यारोपण बाहेकको अर्को कुनै विकल्प नै हुँदैन ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार