काठमाडौं महानगरभित्र सार्वजनिक स्थलमा धुम्रपान गर्नेलाई ५ सय जरिवाना
हेल्थ टिभी अनलाइन : काठमाडौं महानगरपालिकाले महानगरपालिका भित्रका सार्वजनिक स्थलहरुमा धुम्रपान निषेध गरेको भन्दै अटेरी गर्नेलाई जरिवाना तिराउने जनाएको छ ।
शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै नगर प्रहरी प्रमुख राजु पाण्डेले महानगरपालिकाको असार ३२ गते सम्पन्न भएको नगर सभाबाट चालु आर्थिक वर्ष २०८२\८३ का लागि ल्याइएको आर्थिक विधेयकलाई पास गर्दै सो व्यवस्था गरिएको बताएका हुन् । उनले महानगरभित्रका सार्वजनिक स्थलहरु धुम्रपान निषेध गर्ने निर्णय गरेको भन्दै यसलाई लागु गर्न साउन महिनाभर प्रचारप्रसार गर्ने र भदौ १ गतेबाट जरिवानामा जाने जानकारी दिए ।
उनले सार्वजनिक स्थलहरुमा धुम्रपान गरिएको पाइएमा पहिलो पटक ५ सय रुपैयाँ जरिवाना र दोहोराएर सेवन गरेको पाइएमा उक्त जरिवाना दोब्बर हुने निर्णय भएको पनि बताए । सुर्तीजन्य पदार्थ नियन्त्रण तथा नियमन गर्ने ऐन अनुसार सबै सार्वजनिक स्थलहरुमा धुम्रपान निषेध गरिएको छ । यद्यपी यो कानूनको अटेरी हुँदै आएको छ ।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण