डेंगु नियन्त्रणमा ‘खोज र नष्ट गर’ अभियान
हेल्थ टिभी अनलाइन : सरकारले डेंगुको महामारी फैलिन नदिन हरेक शुक्रबार बिहान १० बजे ‘लामखुट्टे खोज र नष्ट गर’ अभियान देशव्यापी रूपमा सञ्चालन गरिरहेको छ ।
यही क्रममा स्वास्थ्य मन्त्रालय, स्वास्थ्य सेवा विभाग, काठमाडौं जनस्वास्थ्य कार्यालय लगायतका सरकारी कार्यालयहरुमा आज बिहान १० बजे लामखुट्टे खोज र नष्ट गर अभियान सञ्चालन भए।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको प्रस्तावमा मन्त्रिपरिषदबाट उक्त निर्णय भएको हो । साउन, भदौ र असोज ३ महिना डेंगुको जोखिम बढी हुने भएकाले यो बेला सबै सचेत भई आफनो घर वरपर सरसफाई गर्न र पानी जम्न नदिन आग्रद गर्दै सरकारले यो अभियान चलाएको हो । डेंगु सार्ने लामखुट्टेको नियन्त्रणका लागि लामखुट्टेको प्रजननस्थल पानी जम्ने स्थान भएकाले त्यस्ता स्थलको पहिचान गरी लामखुट्टेका लार्भा र प्युपा नष्ट गर्नुपर्नेमा जोड दिइएको छ ।
डेंगु एडीस एजिप्टी एडीस एल्बाेपिक्टस प्रजातिका लामखुट्टेको टोकाइबाट सर्छ । यसबाट बच्न लामखु्ट्टेको टोकाइबाट नै जोगिनु पर्छ ।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण