स्वास्थ्य मन्त्री पौडेलले सार्वजनिक गरे एक वर्षे प्रगति विवरण
हेल्थ टिभी अनलाइन : स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले आफूले मन्त्रालयलको जिम्मेवारी सम्हालेको एक वर्ष भएको अवसरमा आफूले गरेका उपलब्धी सार्वजनिक गरेका छन्। सोमबार मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै उनले आफूले गरेका कामहरुको लामै लिस्ट सार्वजनिक गरे । १२ पेजको लामो उपलब्धीमा उनले नीतिगत सुधारदेखि अस्पतालको सेवा चुस्तदुरुस्त राख्न सफल भएको सम्म समेटेका छन्।
मन्त्री पौडेलले बजेटको सीमितताका बाबजुद पनि विभिन्न दातृ निकायहरुसँगको समन्वयमा अतिरिक्त स्रोत जुटाएर नागरिकलाई निशुल्क सेवा दिन आफू सफल भएको बताए । उनले भने, यसरी सुरु भएको सेवाले नागरिकको दैनि जीवनमा धेरै नैसहज भएको र सेवा लिन सकेको समेत जिकीर गरे ।
उनले अस्पतालको पूर्वाधार सुधारदेखि दीर्घकालीन योजना निर्माणसम्ममा काम भएको बताए । स्वास्थ्य बीमालाई व्यवस्थित गर्न धेरै काम भएको पनि उनको दाबी थियो । मन्त्री पौडेलले आफूले एक वर्षमा धेरै नै काम गरेको र उपलब्धी हासिल गरेको दाबी गरेका छन्।
मन्त्री पौडेलले उपलब्धी मानेका कामहरुमा गम्भीर रोगमा बीमा सहायता दोब्बर पारिएको, संघीय राजधानी केन्द्रित सेवा सातै प्रदेशमा विस्तार गरिएको, जलन र मुटु उपचार जस्ता सेवा थालनी भएको, बालक्यान्सर र सिकलसेलमा निःशुल्क सेवा सुरु भएको परेका छन्। यसैगरी पाठेघरको मुखको क्यान्सरविरुद्धको राष्ट्रव्यापी खोप अभियान चलाइएको, निःशुल्क स्क्रिनिङ र नवजात अपांगता परीक्षण सुरु रहेका छन्।
अफ्रिकामा महिलाका अधिकारमाथि चुनौती, ‘मापुटो प्रोटोकल’ बचाउन आह्वान
एमडीएच फर्मास्युटिकल्सलाई क्वालिटी अचिभमेन्ट अवार्ड
ल्वाङलाई औषधिको रुपमा कसरी प्रयोग गर्ने ?
नेपाली औषधि कम्पनी म्याग्नस फार्मा अन्तर्राष्ट्रिय गुणस्तर अवार्डबाट सम्मानित
क्यान्सर बिजेताहरुको एउटै आवाज -‘क्यान्सरलाई जित्न सकिन्छ’