म्याग्नस फर्माले ल्यायो नेपालमै पहिलोपटक ‘मोमेटासोन न्याजल स्प्रे’
हेल्थ टिभी अनलाइन : नेपाली फर्मासिटिकल्स क्षेत्रमा आफनो छुट्टै पहिचान बनाउन सफल म्याग्नस फर्माले नेपालमै पहिलोपटक मोमेटासोन स्प्रे नाकमा राख्ने औषधि बजारमा ल्याएको छ ।
मोमेकोर ब्रान्ड नाममा यो औषधि पहिलो पटक नेपाली फर्मा कम्पनीले उत्पादन गर्न थालेको हो । मोमेटासोन फ्युरोएट अणुमा आधारित यो न्याजल स्प्रे सामान्यत एलर्जीक राइनाटिस, नाकको पोलिप्स जस्ता समस्या समाधानका लागि प्रयोग गरिन्छ । आहिलेसम्म यस्तो औषधि पूर्ण रुपमा विदेशबाट आयात हुने गरेकोमा म्याग्नस फर्माले यसको स्वदेशमै उत्पादन सुरु गर्नु नेपाललाई औषधि आत्मभिर्भरतातर्फ लाग्नतर्फ महत्वपूर्ण पाइला सारेको विश्वास लिन सकिन्छ ।
म्याग्नस फर्माका प्रबन्ध निर्देशक सुधीर प्रकाश मास्के भन्छन, ‘हामी सधैं नवीनतम र समाजका अपुरा आवश्यकता पूर्तिमा विश्वास गछौं । यही सोच अनरुप हामीले नोपली बजारमा पहिलोपटक मोमेटासोन न्याजल स्प्रे उत्पादन सुरु गरेका हौं। यो त मात्र सुरुवात हो । अन्य आधुनिक र गुणस्तरीय औषधि नेपाली बजारमा क्रमस ल्याउँदै जानेछौं । नेपाली फर्मा बजारमा हालसम्म न्याजल स्प्रे उत्पादन नभइरहेको अवस्थामा म्याग्नसको यो कदमले नयाँ आयाम थपेको मास्केले जिकीर गरे ।





नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?
सुरक्षित गर्भपतन सेवामा लगानी बढाउन विज्ञहरूको जोड