प्रधानमन्त्री ओलीद्धारा त्रिवि शिक्षण अस्पतालको विस्तारित सेवा भवनको उद्घाटन
हेल्थ टिभी अनलाइन : प्रधानमन्त्री केपी शर्मा ओलीले त्रिवि शिक्षण अस्पताल महाराजगंजको विस्तारित सेवा भवनको उद्घाटन गरेका छन्।
भाटभटेनी सुपर मार्केटका सञ्चालक मीन बहादुर गुरुङको सहयोगमा निर्मित अत्याधुनिक भवन अस्पतालको ४३ औं वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले उद्घाटन गरेका हुन्। नयाँ भवनको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले सरकारले निरोगी नेपालको नाराका साथ काम गरिरहेको र यसलाई साकार पार्न आहार, विहार तथा एक्सरसाइजमा ध्यान दिन सुझाव दिए । उनले सबै नागरिकले गुणस्तरीय स्वास्थ्य सेवा सुलभ ढंगबाट पाउनुपर्नेमा जोड दिए ।
भाटभटेनीका सञ्चालक गुरुङको आर्थिक सहयोगमा करिव ९ करोड रुपैयाँमा उक्त भवन निर्माण गरिएको बताइएको छ । आजै उनले उक्त भवनको साँचो अस्पताललाई हस्तान्तरण गरेका छन्।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण