Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

त्रिवि शिक्षण अस्पतालको आकस्मिक कक्षमा १५ शैया थप

त्रिवि शिक्षण अस्पतालको आकस्मिक कक्षमा १५ शैया थप

हेल्थ टिभी अनलाइन : त्रिवि शिक्षण अस्पताल महाराजगंजमा १५ शैयाको इमर्जेन्सी ग्रीन एरिया सेवा थप गरिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले थपिएको १५ शैयाको इमर्जेन्सी ग्रीन एरिया वार्डको शुरुवात गरेका हुन् । यसका साथै मन्त्री पौडेलले अस्पतालमा शुरु गरिएको आधुनिक थ्री टेस्ला एमआरआई सेवा समेतको उद्घाटन गरे ।

अस्पतालमा थप सेवाको शुरुवात गर्दै मन्त्री पौडेलले त्रिवि शिक्षण अस्पतालमा आम नागरिकको भरोसा र विश्वास बढी भएका कारण बिरामीको भिड लाग्ने गरेको बताए । हाल अस्पतालमा थपिएको सेवाले आम नागरिकले ेकही भए पनि सहज रुपमा सेवा लिन सक्नेमा आफूले विश्वास लिएको बताए ।

अस्पतालका कार्यकारी निर्देशक प्राडा सुवास प्रसाद आचार्यले देशभरीबाट उपचारका लागि आउने बिरामीको स्वास्थ्य उपचारलाई अझ बढी प्रभावकारी बनाउन इमर्जेन्सी ग्रीन एरियामा १५ बेड थपिएको र यसले धेरै सहज हुने जनाए । उनले रेडियोलोजी विभागमा थपिएको थ्री टेस्ला अत्याधुनिक एमआरआई मेशिनले रोग पहिचानमा निकै सहयोग गर्ने र सो सेवाका लागि बाहिर जानपर्ने बाध्यता हटेको समेत जिकीर गरे ।

 

 

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार