स्वास्थ्य पत्रकार न्यौपानेलाई ब्लोदानको सम्मान
हेल्थ टिभी अनलाइन : स्वास्थ्य पत्रकार तथा नेपाली हेल्थका प्रधान सम्पादक रामप्रसाद न्यौपानेलाई पत्रकारिताका माध्यमबाट रक्तदान कार्यक्रम तथा स्वास्थ्य सचेतनाका क्षेत्रमा उल्लेख्य योगदान गरेको भन्दै ब्लड डोनर्स एसोसिएसन नेपाल (ब्लोदान) ले सम्मान गरेको छ । शनिबार काठमाडौंमा आयोजित कार्यक्रममा ब्लोदानका केन्द्रीय अध्यक्ष राजेश श्रेष्ठले सम्पादक न्यौपानेलाई सम्मान पत्र हस्तान्तरण गरेका थिए ।
स्वयंसेवी रक्तदान अभियानमा क्रियाशील रक्तदान गर्ने संघसंस्थाहरुको छाता संगठन ब्लोदानले विगत तीन दशक देखि रक्तदानका क्षेत्रमा विभिन्न जनचेतना एवं उत्प्रेरणामुलक कार्यक्रम गर्दै आईरहेको छ ।
एसोसिएसनका अध्यक्ष श्रेष्ठले रगतको अभावमा कुनै पनि बिरामीको अकाल मृत्यु नहोस भन्ने उदेश्यका साथ स्थापित संस्थाले रक्तदान तथा स्वास्थ्य अभियानमा क्रियाशील विभिन्न क्षेत्रसँग जोडिएका व्यक्ति तथा संस्थाहरुलाई सम्मान समेत गर्दै आईरहेको बताए । उनले विश्व रक्तदाता दिवसको अवसरमा सम्मान गर्ने कार्यक्रम रहे पनि त्यसबेला न्यौपाने अनुपस्थित भएपछि आज आयोजित केन्द्रीय समितिको बैठककै अवसरमा एक कार्यक्रम गरि सम्मान गरिएको स्पष्ट पारे ।
कार्यक्रममा बोल्दै न्यौपानेले यस्ता खालका सम्मानबाट आफूलाई स्वास्थ्यका साथै रक्तदानका क्षेत्रमा क्रियाशील हुन थप हौसला मिलेको बताए ।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण