Health TV Online
Health TV Online
Health TV Online

डा सबिना श्रेष्ठको ‘अकथ्यको प्रतिध्वनि’ पुस्तक लोकार्पण

एकैपटक तीन भाषामा प्रकाशित

डा सबिना श्रेष्ठको ‘अकथ्यको प्रतिध्वनि’ पुस्तक लोकार्पण

हेल्थ टिभी अनलाइन : पेशाले नेत्र रोग विशेषज्ञ प्राध्यापक डाक्टर सबिना श्रेष्ठको पुस्तक ‘अकथ्यको प्रतिध्वनि’ को लोकार्पण गरिएको छ । शनिबार काठमाडौंमा आयोजित कार्यक्रममा प्रमुख अतिथि पूर्व प्रधानन्यायाधिश विश्वम्भर प्रसाद श्रेष्ठ, साहित्यकार तथा पूर्व अर्थमन्त्री शंकर कोइराला लगायतले उक्त कृतिको लोकार्पण गरेका हुन्। उक्त पुस्तक नेपाली भाषाका साथै अग्रेजीमा Silent Echoes र नेवारी (नेपाल भाषामा) मकंगु हा:स: समेत आजै एकसाथ लोकार्पण गरियो ।

साथै श्रेष्ठद्धारा लिखित ‘आफूलाई भुलाई’ नामक कविता संग्रह पनि लोकार्पण गरिएको छ । जसमा ३४ वटा कविता समावेश गरिएको छ । अकथ्यको प्रतिध्वनि कृतिको समिक्षा साहित्यकार पवित्रा दाहालले गरेकी थिइन । उनले पुस्तकको समीक्षा गर्दै लेखक श्रेष्ठले समाजले नसोचेको तर सत्य घटना उजागर गरिदिएको र यसले धेरैलाई सचेत गराउने जनाइन। उनले कसरी कुनै निर्दोष व्यक्ति पनि लहै लहैमा लागेर वा नजानेर कानुनको फन्दामा पर्दोरहेछ भन्ने पुस्तकमा बुझिने गरी प्रस्तुत गरेको पाइएको बताइन ।

यसैगरी आफूलाई भुलाई नामक कविता संग्रहमाथि टिप्पणी गर्दै साहित्कार शैलेन्द्र शाकारले एक जना डाक्टरले पनि यति संवेदनशिल भएर भावनामा बगेर यति राम्रो कविता लेख्न सक्छन भन्नेमा आफू चकित परेको बताए । उनले सबै कविता उत्कृष्ट, भावनात्मक र मिठासपूर्ण रहेको बताए ।

कार्यक्रममा प्रमुख अतिथि रहेका पूर्व प्रधानध्यायाधिश श्रेष्ठले कैदीबन्दीहरुको कथा र वास्तविक जीवन बाहिर ल्याएर धेरैलाई झकझकाउने काम लेखकले गरेको बताए । उनले कुनै पनि व्यक्ति निर्दोष भएर पनि कसरी अरुको चंगुलमा पर्न सक्छ भन्ने कुराले नेपालको न्याय प्रणालीमै एकपटक विचार गर्नपर्ने गरी पुस्तक आएको जिकीर गरे । उनले कोही पनि निर्दोष व्यक्तिलाई सजाय हुनुहुन्न भन्ने कुरा भन्दैगर्दा यी १०२ जनाको कथाले एकपटक सोच्नैपर्ने बनाएको र प्रश्न खडा गरेको समेत जिकीर गरे ।

कार्यक्रममा साहित्यकार शंकर कोइरालाले डा सबिनाले कसैले पनि जान आँट नगर्ने र जान नखोज्ने ठाउँमा गएर ती कैदीबन्दीहरुको कथा बाहिर ल्याएर निकै सराहनीय काम गरेको बताए । पुस्तकका १०२ जना कैदी बन्दीहरुको भोगाई, जेल बसाई, कानुनप्रतिको धारणा, किन र कसरी जेलसम्मको यात्रा भयो लगायतका विषय समावेश छन्।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार