आन्दोलनरत चिकित्सक र सरकारबीच सहमति
हेल्थ टिभी अनलाइन : अस्पताल तथा चिकित्सकलाई क्षतिपूर्ति दिलाउने उपभोक्ता अदालतको फैसला विरुद्ध आन्दोलनमा उत्रिएका चिकित्सक र सरकारबीच सहमति भएको छ ।
चिकित्सक संघ, विभिन्न संघ संगठन र सरकारका तर्फबाट स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेल, उद्योग मन्त्री दामोदर भण्डारी र कानुन मन्त्री अजय चौरासिया सहभागी थिए विभिन्न माग राखी आन्दोलनरत नेपाल चिकित्सक संघ तथा विभिन्न संघ संस्था एवं सरोकारवालाहरुका मागहरुको यथोचित सम्बोधन गर्न विद्यमान कानूनी एवं नीतिगत व्यवस्थामा आवश्यक संशोधन लगायतका विषयमा ७ दिन भित्र सुझाव सहितको प्रतिवेदन पेश गर्न कार्यदल गठन गर्ने सहमति भएको छ।
कार्यदलबाट प्राप्त प्रतिवेदन तीनै जना मन्त्री र नेपाल चिकित्सक संघ लगायतका सरोकारवाला पक्षहरु सम्मिलित यसै वार्ता टोलीमा पेश गरी सोही अनुसार कार्यान्वयन गर्ने भनिएको छ।
यो सहमतिपछि नेपाल चिकित्सक संघ लगायतका सबै संस्थाहरुले पूर्व घोषित सबै आन्दोलन स्थगन गरी नियमित सेवा सुचारु गर्ने भएका छन्।
व्यवहारिक मनोविज्ञान सम्बन्धी अन्तराष्ट्रिय सम्मेलन गर्दै नेशनल कलेज
वरिष्ठ प्याथोलोजिस्ट डा सुजन शर्मा स्पेनको बायोसिस्टम्समा प्राविधिक सल्लाहकार नियुक्त
चौंथो सुदीप्ता क्यान्सर सर्भाइभर र्याम्प शो हुँदै
स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा डा सुवास प्याकुरेल नियुक्त
ह्याम्स अस्पताल र म्याक्स सुपर स्पेशालिटी अस्पतालबीच रणनीतिक सहकार्य