डाक्टरहरु आन्दोलनमा, आज पनि ओपीडी सेवा ठप्प
हेल्थ टिभी अनलाइन : उपभोक्ता अदातलको फैसला विरुद्ध नेपाल चिकित्सक संघले आयोजना गरेको चरणवद्ध आन्दोलनका कारण आज पनि देशभरका ओपीडी सेवा ठप्प भएका छन् । केही साताअघि उपभोक्ता अदालतले उपचारमा लापरवाही भएको भन्दै ओम अस्पताल, हिमाल अस्पताल र ग्रान्डी सिटी अस्पताल र त्यहाँ उपचारमा कार्यरत चिकित्सकलाई बिरामीलाई क्षतिपूर्ति तिर्नुपर्ने फैसला गरेको थियो ।

त्यही फैसलाको विरुद्धमा चिकित्सक संघ आन्दोलनमा उत्रिएको हो । संघका अध्यक्ष डा अनिल विक्रम कार्की भन्छन, ‘चिकित्सकीय अभ्यासका क्रममा केही त्रुटी भए मेडिकल काउन्सिलले छानविन गरी दोषी देखिए अदालतले फैसला गर्न सक्ने प्रावधान छ । चिकित्सकीय अभ्यासलाई नियमन गर्ने स्पष्ट अधिकार मेडिकल काउन्सिललाई मात्र छ र हनुपर्छ ।’ उनी थप्छन, ‘यसरी उपचारमा त्रुटी देखाउँदै उपभोक्ता अदालतले सजायँ दिंदै जाने र क्षतिपूर्ति भराउने हो भने कुन चाहिं डाक्टरले गम्भीर प्रकृतिका बिरामी हेर्छन ? सबै पन्छिन नै खोज्छन् र अन्तत मार बिरामीलाई नै पर्न जान्छ ।’
उपभोक्ता संरक्षण ऐन २०७५ को दफा २ मा अन्य सेवा जस्तै स्वास्थ्य सेवालाई पनि एउटै क्याटागोरीमा राखिएकोमा उक्त व्यवस्था सच्याउन पनि उनले माग गरेका छन् । यही व्यवस्था कायम भए उपचारमा संलग्न हुन नसक्ने भन्दै सम्पूर्ण डाक्टरहरुले मेडिकल काउन्सिलबाट प्राप्त लाइसेन्स काउन्सिललाई नै बुझाउने भन्दै लाइसेन्स संकलन गर्ने कार्य पनि थालेका छन् ।
संघको नेतृत्वमा देशभरका डाक्टरहरु सोमबारदेखि ओपीडी सेवा ठप्प पारेर आन्दोलनमा उत्रिंदा बिरामी भने मारमा परेका छन् ।




व्यवहारिक मनोविज्ञान सम्बन्धी अन्तराष्ट्रिय सम्मेलन गर्दै नेशनल कलेज
वरिष्ठ प्याथोलोजिस्ट डा सुजन शर्मा स्पेनको बायोसिस्टम्समा प्राविधिक सल्लाहकार नियुक्त
चौंथो सुदीप्ता क्यान्सर सर्भाइभर र्याम्प शो हुँदै
स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा डा सुवास प्याकुरेल नियुक्त
ह्याम्स अस्पताल र म्याक्स सुपर स्पेशालिटी अस्पतालबीच रणनीतिक सहकार्य