आज देशभरका अस्पतालमा आकस्मिक बाहेकका सेवा बन्द
हेल्थ टिभी अनलाइन : उपभोक्ता अदालतको फैसला विरुद्ध नेपाल चिकित्सक संघले घोषणा गरेको चरणबद्ध आन्दोलन अन्तर्गत आज देशभरका अस्पतालमा आकस्मिक बाहेकका सेवा बन्द गरिएका छन्।
देशभरका निजी तथा सरकारी अस्पतालमा चिकित्सकहरुले आकस्मिक बाहेकका सबै सेवा बन्द गरेका हुन् । चिकित्सक संघले चरणवद्ध आन्दोलनका कार्यक्रम सार्वजनिक गर्दै हिजो आ आफनो कार्यक्षेत्रमा कालो पट्टी बाँधेर एक घण्टा हड्ताल गरे भने आज आकस्मिक बाहेकको सेवा ठप्प पार्ने निर्णय गरेको थियो। यसैगरी उनीहरुले मंगलबार मेडिकल काउन्सिलको प्रमाणपत्र संकलन गरी विरोध स्वरुप काउन्सिललाई नै बुझाउने कार्यक्रम पनि तय गरेका छन् ।
चिकित्सक संघको यो आन्दोलनमा मेडिकलका विभिन्न पेशागत संस्थाहरुले साथ र एक्वेवद्धता दिएका छन् ।
चिकित्सकहरुको यो आन्दोलनका कारण बिरामीहरु भने मारमा परेका छन् ।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण