डा सन्जिव तिवारीविरुद्ध अदालतको अवहेलना मुद्दा
हेल्थ टिभी अनलाइन : नेपाल चिकित्सक संघका महासचिव डा सन्जिव तिवारीविरुद्द अदालतको अवहेलना मुद्दा दायर भएको छ। उच्च अदालत पाटनले डा तिवारीलाई तपाइँलाई सजाय किन नगर्ने ? कारण र प्रमाण भए ७ दिन भित्र अदालतमा उपस्थित भई लिखित जवाफ लिएर उपस्थित हुनु भन्दै आदेश जारी गरेको हो । डा तिवारीविरुद्ध दुई दिन अघि उच्च अदालत पाटनमा मुद्दा दायर भएको थियो।
न्यायाधिशद्वय श्यामकुमार भट्टराई र हेमन्त रावलको इजलासले आदेश दिएको हो।
आदेशमा भनिएको छ , ‘न्याय प्रशासन ऐन, २०७३ को दफा १७(२) बमोजिम अदालतको अवहेलनामा कारवाही गरी पाउँ भनी प्रस्तुत निवेदन परेको देखिँदा सो निवेदन माग बमोजिम अवहेलनामा सजाय किन गर्नु नपर्ने होरु सजाय गर्नु नपर्ने आधार कारण भए प्रमाण सहित यो आदेश प्राप्त भएको मितिले ७ दिन भित्र लिखित जवाफ लिई विपक्षी आफै अदालतमा उपस्थित हुन आउनु र निवेनका साथ संलग्न पत्र एवम् सोसंग सम्बन्धित निर्णय फायल समेत साथै लिई आउनु भनी विपक्षीका नाममा म्याद जारी गरी आएपछि वा अवधि नाघे पछि नियमानुसार पेश गर्नु ।
डा तिवारीविरुद्ध उपभोक्ता हित संरक्षण मञ्चले अवहेलनाको मुद्दा हालेको हो। मञ्चको तर्फबाट अख्तियारवाला भइ आफ्नो हकमा समेत संस्थाको सचिव अधिवक्ता जय पौडेल र संस्थाको कानुन अधिकृत अधिवक्ता सुबिन पाण्डेले अबहेलनामा सजाय गरी अन्य आदेश जारी गरी पाउँ भन्दै मुद्दा दर्ता गरेका थिए।
उपभोक्ता अदालतले अस्पताल र चिकित्सकमाथि गरेको फैसलापछि डा तिवारीले दिएका अभिव्यक्ति र नेपाल चिकित्सक संघको लेटरहेडमा महासचिव डा तिवारीका नाममा जारी भएका विज्ञप्तिका आधारमा मञ्चले अवहेलना मुद्दा दायर गरेको हो।
उनीहरुले डा तिवारीविरुद्ध एक वर्षसम्म कैद र १० हजार रुपैयाँसम्म जरिवाना गरी हँदैसम्म सजाय गर्न माग गरेका छन्। केही साता यता उपभोक्ता अदालतले उपचारमा लापरवाही गरेको मद्दामा ओम अस्पतालले ५० लाख ७० हजार रुपैयाँ, हिमाल अस्पताल र त्यहाँ उपचारमा सम्लग्न चिकित्सकले १ करोड ४५ लाख रुपैयाँ र ग्राण्डी सिटी अस्पताल र त्यहाँ उपचारमा कार्यरत चिकित्सकले ५७ लाख रुपैयाँ क्षतिपूर्ति बिरामी पक्षका परिवारलाई तिर्नुपर्ने फैसला गरेको थियो । यसको विरोधमा चिकित्सक र तिनका संघ संस्थाहरु उत्रिदै आएका छन् ।
यहीवीच चिकित्सकहरुले म पनि सन्जिव तिवारी अभियान चलाएका छन्।
व्यवहारिक मनोविज्ञान सम्बन्धी अन्तराष्ट्रिय सम्मेलन गर्दै नेशनल कलेज
वरिष्ठ प्याथोलोजिस्ट डा सुजन शर्मा स्पेनको बायोसिस्टम्समा प्राविधिक सल्लाहकार नियुक्त
चौंथो सुदीप्ता क्यान्सर सर्भाइभर र्याम्प शो हुँदै
स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा डा सुवास प्याकुरेल नियुक्त
ह्याम्स अस्पताल र म्याक्स सुपर स्पेशालिटी अस्पतालबीच रणनीतिक सहकार्य