Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

‘सुदर्शन देवकोटा स्मृति पुरस्कार’ स्वास्थ्य पत्रकार सरोज ढुंगेललाई

‘सुदर्शन देवकोटा स्मृति पुरस्कार’ स्वास्थ्य पत्रकार सरोज ढुंगेललाई

हेल्थ टिभी अनलाइन : सुदर्शन देवकोटा स्मृति पाँचौं राष्ट्रिय स्वास्थ्य पत्रकारिता पुरस्कार गोरखापत्रका स्वास्थ्य पत्रकार सरोज ढुंगेलले पाएका छन् ।

पूर्व स्वास्थ्य तथा जनसंख्या मन्त्री पदम गिरी, सुदर्शन देवकोटा फाउण्डेशनकी अध्यक्ष डा सुधा देवकोटाले संयुक्त रुपमा ढुंगेललाई ३३ हजार ३३३ रुपैयाँ राशीको नगदसहित पुरस्कृत गरेका हुन् । स्वर्गीय सुदर्शन देवकोटाको १८औँ पुण्यतिथिको अवसर पारेर पुरस्कार हस्तान्तरण गरिएको हो । सारदा सुदर्शन देवकोटा फाउण्डेशनले पाँच वर्षदेखि स्वास्थ्य पत्रकार मञ्चसँगको सहकार्यमा उक्त पुरस्कार प्रदान गर्दै आइरहेको छ ।

पुरस्कार वितरण कार्यक्रममा पूर्व स्वास्थ्य मन्त्री पदम गिरीले स्वास्थ्य पत्रकारिताको महत्व अहिलेको अवस्थामा धेरै नै रहेको जिकीर गरे ।

स्वर्गीय पत्रकार देवकोटाकी छोरी तथा फाउण्डेशनकी अध्यक्ष डा सुधा देवकोटाले आफ्नो बुवाले पत्रकारितामा व्यतित गरेको समय स्मरण गर्दै पत्रकारितालाई थप जिम्मेवार र प्रभावकारी बनाउन यस पुरस्कार स्थापना गरेको बताइन्। उनले पत्रकारहरूले सत्यतथ्य छुट्याएर जिम्मेवार भएर समाचार लेख्न आवश्यक रहेको बताइन् ।

ढुंगेलले स्वास्थ्य पत्रकारितामार्फत समाजलाई स्वस्थ बनाउने अभियानमा लाग्न यो पुरस्कारले आफूलाई थप हौसला मिलेको प्रतिक्रिया दिए ।

 

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार