सुर्तीजन्य पदार्थको प्याकेटमा शत प्रतिशत चित्र छाप्न रोक्ने उद्योग मन्त्रालयको पत्र विरुद्धको मुद्दामा सर्वोच्चको कारण देखाउ आदेश
हेल्थ टिभी अनलाइन : सुर्तीजन्य पदार्थको प्याकेटमा चेतावनीमूलक शत प्रतिशत चित्र छाप्ने निर्देशिका बिरुद्ध गएर उद्योग बाणिज्य तथा आपूर्ति मन्त्रालयले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई पत्र काटेपछि सर्वोच्च अदालतले पत्र काट्ने उद्योग मन्त्रालय विरुद्ध कारण देखाउ आदेश जारी गरेको छ ।
वरिष्ठ अधिवक्ता ज्योति बानियाले दायर गरेको रिटमा उद्योग मन्त्रालयको पत्र काट्ने कदम गैरकानूनी भन्दै आज न्यायाधीश हरिप्रसाद फुयालको एकल इजलासले कारण देखाउ आदेश जारी गरेको हो ।
सुर्तीजन्य पदार्थको प्रयोगबाट हुने हानी कम गर्न स्वास्थ्य मन्त्रालयले गत २१ फागुनमा निर्देशिका परिर्वतन गर्दै सुर्तीजन्य पदार्थको बट्टा, प्याकेट, र्यापर्समा ९० प्रतिशत भागमा चित्र अंकित स्वास्थ्य सन्देश छाप्ने व्यवस्थालाई बढाएर शत प्रतिशत पुराएको थियो । यसको कार्यान्वयन आगामी भदौ १ गतेदेखि हुनेछ । तर सुर्ती उद्योगीहरुको प्रभावमा परेर उद्योग मन्त्री दामोदर भण्डारीले नियमावली रोक्न स्वास्थ्य मन्त्रालयलाई पत्र पठाएका थिए ।
स्मरण रहोस् नेपालमा सुर्तीजन्य पदार्थको सेवनबाट हुने रोगहरुका कारण वर्षेनी ३९ हजारभन्दा बढीको मृत्यु हुने गरेको छ ।




व्यवहारिक मनोविज्ञान सम्बन्धी अन्तराष्ट्रिय सम्मेलन गर्दै नेशनल कलेज
वरिष्ठ प्याथोलोजिस्ट डा सुजन शर्मा स्पेनको बायोसिस्टम्समा प्राविधिक सल्लाहकार नियुक्त
चौंथो सुदीप्ता क्यान्सर सर्भाइभर र्याम्प शो हुँदै
स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा डा सुवास प्याकुरेल नियुक्त
ह्याम्स अस्पताल र म्याक्स सुपर स्पेशालिटी अस्पतालबीच रणनीतिक सहकार्य