Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

ह्याम्स अस्पतालको स्वास्थ्य सरोकार बहस, गुणस्तरीय सेवामा जोड

ह्याम्स अस्पतालको स्वास्थ्य सरोकार बहस, गुणस्तरीय सेवामा जोड

हेल्थ टिभी अनलाइन : काठमाडौंको धुम्बाराहीमा रहेको ह्याम्स अस्पतालले स्वास्थ्य सबैको सरोकार बहसको आयोजना गरेको छ ।

बृहत सामाजिक हितको लागि ह्याम्सको पहल भन्दै अस्पतालले गत वर्षदेखि नीतिगत बहस श्रृंखला सुरु गरेको हो।यो दोस्रो श्रृंखला हो । संवाद श्रृंखलाको पहिलो सत्रमा गुणस्तरीय स्वास्थ्य सेवामा पहुँचमा केन्द्रित रहेको थियो। उक्त संवादमा वरिष्ठ मुटुरोग विशेषज्ञ डा भगवान कोइरालाले स्वास्थ्य सेवाको पहुँच भएर मात्र नपुग्ने भन्दै उक्त सेवा गुणस्तरीय छ छैन भन्ने कुरा महत्वपूर्ण हुने बताए ।

उनले भने, ‘हामी धेरै जसो सेवाको पहुँचको मात्र कुरा गर्छौ तर कुरा गुणस्तरीयताको पनि हुनुपर्छ ।’ सेवा गुणस्तरीय नहुँदा पनि बिरामीको मृत्यु हुने भन्दै यो कुरामा सरकारको ध्यान जान र सेवा प्रदायक हरेक संस्थाले यसबारे प्रोटोकल बनाउन जरुरी रहेको बताए ।

कार्यक्रममा स्वास्थ्य सचिव डा विकास देवकोटाले स्वास्थ्य सेवामा गुणस्तरीय सेवाले निकै अर्थ राख्ने हुँदा यसकाबारेमा तीनै तहका सरकार गम्भीर भएर लाग्नुपर्ने बताए । उनले प्रिभेन्टिभ र सामान्य खालका स्वास्थ्य समस्याको उपचार स्थानीय तहमै हुनपर्नेमा पनि जोड दिए ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार