वैज्ञानिक खोज र अनुसन्धानमा लगानी बढाइनुपर्छ : शिक्षामन्त्री भट्टराई
हेल्थ टिभी अनलाइन : शिक्षा विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईले वैज्ञानिक खोज र अनुसन्धानमा सरकारले लगानी गर्नुपर्ने बेला आएको बताएकी छिन्।
बिहिबार नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले आयोजना गरेको ११ औं स्वास्थ्य तथा जनसंख्या वैज्ञानिकहरुको शिखर सम्मेलनमा बोल्दै मन्त्री भट्टराईले अनुसन्धान र खोजबाट नै नीति तथा कार्यक्रम बन्ने हुँदा यसमा लगानी बढाउन आवश्यक रहेको बताएकी हुन् । उनले स्वास्थ्यको विषय झनै सबै क्षेत्रसँग र प्रत्यक्ष आमनागरिकसँग जोडिने हुँदा यसमा गरिने हरेक अध्ययन, खोज वैज्ञानिक र तथ्यमा आधारित हुनुपर्ने र त्यसले अन्तत स्वास्थ्यका दिगो विकास लक्ष्य प्राप्त गर्न सहयोग पुराउने बताइन ।
उनले भनिन, ‘तथ्य र प्रमाणमा आधारित अनुसन्धानले सही नीति बनाउन मद्धत गर्छ र सही नीतिले नै दीगो विकास सम्भव हुने हो ।’ उनले परिषद्ले स्वास्थ्य अनुसन्धानका क्षेत्रमा निकै राम्रो काम गरिरहेको जिकीर गर्दै अझै देशलाई आवश्यक पर्ने अनुसन्धानमा ध्यान दिन पनि सुझाव दिइन । उनले परिषद्ले आयोजना गर्दै आएको स्वास्थ्य वैज्ञानिकहरुको सम्मेलनले नयाँ नयाँ खोज र अनुसन्धानका लागि बाटो देखाउने मात्र नभएर यसले स्वास्थ्यका नीति बनाउन पनि सहयोग गरिरहेको बताइन् । कार्यक्रममा विभिन्न वक्ताहरुले स्वास्थ्य अनुसन्धान र सम्मेलनका बारेमा आ आफनो धारणा राखेका थिए ।
परिषदले हरेक वर्ष यस खालको सम्मेलन गर्दै आएको छ ।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण