सुर्तीजन्य पदार्थको बट्टामा चेतावनीमूलक चित्र छाप्ने निर्देशिका कार्यान्वयनमा उद्योग मन्त्रालयको अवरोधप्रति चिकित्सक संघको आपत्ति
हेल्थ टिभी अनलाइन : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सुर्तीजन्य पदार्थको बट्टामा सतप्रतिशत चेतावनीमूलक चित्र छाप्ने निर्देशिका जारी गरेपछि उद्योग मन्त्रालयले त्यो निर्देशिका कार्यान्वयन नगर्न गरेको अवरोधका विषयमा नेपाल चिकित्सक संघले आपत्ति जनाएको छ । सुर्तीजन्य पदार्थको बट्टामा शतप्रतिशत चेतावानीमूलक सन्देश तथा चित्रहरू छाप्नुपर्ने निर्देशिका कार्यान्वयन नगर्न उद्योग मन्त्रालयले स्वास्थ्यलाई पठाएको पत्रलाई लिएर चिकित्सक संघले आपत्ति जनाएका हो।
संघले प्रेस विज्ञप्ति जारी गर्दै उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयद्वारा उक्त व्यवस्थालाई निस्तेज पार्न खोजिएको प्रति नेपाल चिकित्सक संघको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। संघका महासचिव डा सञ्जीव तिवारीले विज्ञप्ति जारी गर्दै उद्योग मन्त्रालयको पत्र प्रति गम्भीर ध्यानाकर्षण भएको बताएका हुन् । संघले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयद्वारा उक्त व्यवस्थालाई निस्तेज पार्न खोजिएको भन्दै मन्त्री दामाेदर भण्डारीले गरेको निर्णयअनुसार पठाइएको पत्रले गभ्भीर नैतिक तथा कानुनी आशंका सृजना गरेको बताइएको छ।
धुम्रपान तथा सुर्तीजन्य पदार्थको उपभोगले मुटुरोग, दम, मुख तथा फोक्सोको क्यान्सर लगायत गम्भीर स्वास्थ्य समस्या उत्पन्न भई नेपालमा वर्षेनी हजारौंको संख्यामा मानिसहरुको ज्यान जाने गरेको तथ्य सार्वजनिक भइरहेको संघले उल्लेख गरेको छ। भनिएको छ, ‘ मानिसको स्वास्थ्यमा गम्भीर प्रतिकूल असर पार्ने यस्ता वस्तुको उपभोग कम गर्न आम नागरिकहरूमाझ यस्ता पदार्थको उपभोगबाट आईपर्ने जोखिमको बारेमा जनचेतना फैलाउन अत्यन्त आवश्यक रहेको छ। त्यसैले क्यान्सरको उपचार मात्र नभई रोकथाम गर्नका लागि यस्ता पदार्थको प्याकेटमा शत् प्रतिशत चेतावानीमूलक सन्देश तथा चित्रहरू राख्नुपर्ने नियम लागु गर्न नेपाल चिकित्सक संघ नेपाल सरकारसँग जोडदार माग गर्दछ।’
संघले नेपालमा सुर्तीजन्य पदार्थमा लाग्ने कर दक्षिण एशियामै सबैभन्दा न्युन रहेको भन्दै यसमा बृद्धि गर्दै त्यसबाट आएको रकम स्वास्थ्य क्षेत्रको विकासमा उपयोग गर्न समेत सरकारलाई अनुरोध गरेको छ ।
माधवकुमार नेपालको मुटुमा समस्या आएपछि एन्जिओप्लास्टी गरियो
कुष्ठरोग निवारण गरिछाड्ने प्रयत्नलाई अझ गतिशील र प्रभावकारी बनाउनुुपर्छ : प्रधानमन्त्री
अब स्वास्थ्य बीमाको नवीकरण अनलाइनबाटै गर्न सकिने
चिकित्सक विदेशिने क्रम बढ्नु चिन्ताको विषय हो : राष्ट्रपति पौडेल
विशिष्टिकृत स्वास्थ्य सेवा विस्तार हुँदै