Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

राष्ट्रिय प्रत्यारोपण केन्द्रमा ३३ औं कलेजो प्रत्यारोपित डिस्चार्ज

राष्ट्रिय प्रत्यारोपण केन्द्रमा ३३ औं कलेजो प्रत्यारोपित डिस्चार्ज

हेल्थ टिभी अनलाइन : शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रबाट ३३ औं कलेजो प्रत्यारोपण गरेका चितवनका ३९ वर्षीया पुरुष प्रत्यारोपणको आठौं दिनमा मंगलबार सकुशल डिस्चार्ज भएका हुन् । उनलाई आधा कलेजो दान गर्ने उनकी ३७ वर्षीया श्रीमती शल्यक्रियाको छैठौं दिनमा नै डिस्चार्ज भइसकेकी छिन् ।

देशकै पहिलो कलेजो प्रत्यारोपण गर्ने शल्य चिकित्सक डा पुकार चन्द्र श्रेष्ठको नेतृत्वमा कलेजो प्रत्यारोपण भएको हो । यस केन्द्रले देशमै नियमित दुइ तिहाई कलेजो प्रत्यारोपण गर्ने गरेको छ । केन्द्रमा जम्मा रु १५ देखि २० लाखमा कलेजो प्रत्यारोपण हुने गरेको छ जुन संसारमै सबै भन्दा कम शुल्क मध्येमा पर्छ।

केन्द्रले आफनै भवन बिना सिमित जनशक्तिका बाबजुत पनि देशमै सबैभन्दा धेरै कलेजो प्रत्यारोपण गर्ने संस्थाको रुपम स्थापित गर्न सफल भएको छ । केन्द्रलाई उपयुक्त जग्गा उपलब्ध गराउन सके आफ्नै स्रोत साधनबाट ३०० बेडको भवन निर्माण गर्ने योजना बनाएको छ । हाल वार्षिक करीब २०० जनाको मृर्गौला र १५ जनाको कलेजो प्रत्यारोपण गरिरहेको यस केन्द्रलाई शैक्षिक प्रतिष्ठान बनाउन सके ३०० प्रतिशत थप कलेजो तथा मृर्गौला प्रत्यारोपण गर्ने सक्ने लक्ष्य लिएको छ ।

 

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार