म्याचिङ प्रक्रियालाई रोकी पूर्वनिर्धारित सिट अनुसारको सूचना निकाल्न चिकित्सक संघको माग
हेल्थ टिभी अनलाइन : चिकित्सा शिक्षा आयोगले निजी मेडिकल कलेजहरुका लागि तोकेकाे एमडी/एमएस/एमडीएस को सिट संख्या घटाएर म्याचिङ प्रक्रिया अघि बढाएपछि नेपाल चिकित्सक संघले यसप्रति गम्भीर ध्यानाकर्षण जनाएको छ ।
सोमबार एक विज्ञप्ति जारी गर्दै संघले अहिलेको म्याचिङ प्रक्रियालाई अविलम्ब रोकी पूर्वनिर्धारित सिट संख्या अनुसार म्याचिङको सूचना निकाल्न आयोगसँग माग पनि गरेको छ।
‘चिकित्सा शिक्षा आयोगद्वारा नेपाल सरकारका शैक्षिक संस्थाहरुमा स्नातकोत्तर एमडी/एमएस/एमडीएसको सिट संख्या थप गर्ने निर्णय गरिए पनि निजी मेडिकल कलेजहरुको प्रकाशित सिट संख्या घटाई म्याचिङको सूचना निकालिएको प्रति नेपाल चिकित्सक संघको गम्भीर ध्यानाकर्षण भएको छ,’ संघका महासचिव डा संजीव तिवारीद्धारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ ।
‘नेपालमा रहेका जेहेन्दार तथा दक्ष चिकित्सकहरूलाई नेपालमा स्नातकोत्तर तालिमको अवसर प्रदान गर्दै नेपालमै सेवा पुर्याई समग्र आम नागरिकको स्वास्थ्य सेवामा सुविधा पुर्याउन अहिलेको म्याचिङ प्रक्रियालाई अविलम्ब रोकी पूर्वनिर्धारित सिट संख्या अनुसार म्याचिङको सूचना निकाल्न नेपाल चिकित्सक संघ चिकित्सा शिक्षा आयोगसँग जोडदार माग गर्दछ,’ विज्ञप्तिमा उल्लेख छ।





नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?
सुरक्षित गर्भपतन सेवामा लगानी बढाउन विज्ञहरूको जोड