राजावादीको आन्दोलनमा घाईते भएका १३ जना अझै पनि उपचारमा
हेल्थ टिभी अनलाइन : राजावादीहरुले गत शुक्रबार काठमाडौँको तीनकुनेमा गरेको आन्दोलनका क्रममा घाइते भएका १२८ जनामध्ये १३ जना अझै पनि विभिन्न अस्पतालमा उपचारमा रहेका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार उनीहरु सबैको आवश्यकता अनुसार उपचार भइरहेको छ । तीमध्ये केहीको शल्यक्रिया गर्नु परेको छ । केही गोली लागेका कारण घाइते छन् भने केहीलाई ढुंगार लाठी प्रहारका कारण गम्भीर चोटपटक लागेको छ । उक्त प्रदर्शनमा दुई जनाको ज्यान गएको छ ।
मन्त्रालयका प्रवक्ता डा प्रकाश बुढाथोकीका अनुसार प्रदर्शनका क्रममा घाइते भएकाहरुको वीर अस्पताल, राष्ट्रिय ट्रमा सेन्टर, पाटन अस्पताल, निजामती कर्मचारी अस्पताल र काठमाडौं मेडिकल कलेज शिक्षण अस्पताल लगायतका अस्पतालहरुमा उपचार भइरहेको छ । डा बुढाथोकीका अनुसार घाइतेहरुमध्ये १३ जना बाहेक सबै डिस्चार्ज भएका छन् । सरकारले तीनकुने घटनाका घाइतेहरुको निशुल्क उपचार गर्ने घोषणा गरेको थियो ।




व्यवहारिक मनोविज्ञान सम्बन्धी अन्तराष्ट्रिय सम्मेलन गर्दै नेशनल कलेज
वरिष्ठ प्याथोलोजिस्ट डा सुजन शर्मा स्पेनको बायोसिस्टम्समा प्राविधिक सल्लाहकार नियुक्त
चौंथो सुदीप्ता क्यान्सर सर्भाइभर र्याम्प शो हुँदै
स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा डा सुवास प्याकुरेल नियुक्त
ह्याम्स अस्पताल र म्याक्स सुपर स्पेशालिटी अस्पतालबीच रणनीतिक सहकार्य