पाँचौ नेपाल-जापान न्यूरो सर्जरी कन्फ्रेन्स काठमाडौंमा सुरु
हेल्थ टिभी अनलाइन : काठमाडौंमा पाँचौं नेपाल जापान न्यूरो सर्जरी कन्फ्रेन्स आजदेखि सुरु भएको छ । न्यूरो फाउन्डेसन नेपाल, टोकियो वुमन्स मेडिकल युनिभर्सिटी, नेसोन तथा अन्नपूर्ण न्यूरो अस्पतालको संयुक्त आयोजनामा गरिएको सम्मेलको उद्घाटन नेपालका वरिष्ठ न्यूरो सर्जन डा वसन्त पन्त र जापानका वरिष्ठ न्यूरो सर्जन प्रोफेसर टाकोमी टाइराले गरेका थिए ।
यो सम्मेलन विशेषत फङसनल न्यूरो सर्जरीमा केन्द्रित हुनेछ । नेपालमा सन् २००७ देखि अन्नपूर्ण न्यूरो अस्पतालमा डा वसन्त पन्त, डा रेशा श्रेष्ठ लगायत संलग्न टिमले फङसनल न्यूरो सर्जरी सुरु गरेको हो ।
पार्किन्सन्स, शरीरको चाल सम्बन्धी गडबडी ( Movement Disorder) विभिन्न प्रकारका मानसिक स्वास्थ्य समस्यामा फङसनल न्यूरो सर्जरी सुरु गरिएको हो । तीन दिने सम्मेलनमा जापान, वेल्जियम, चीन, भारत, इन्डोनेशिया, क्यानडा, इरान लगायतका न्यूरो सर्जनहरुको उपस्थिती रहेको छ । यसैगरी सम्मेलनमा ७० भन्दा वैज्ञानिक कार्यपत्र प्रस्तुत हुने बताइएको छ । यसका साथै सम्मेलनमा ह्यान्स अन वर्कशप पनि हुनेछ ।
२०\२५ वर्षअघिसम्म पनि नेपालमा न्यूरो सर्जरीमा खासै विकास भएको थिएन । एमआरआई गर्न मात्र पनि बाहिर जानपर्ने बाध्यता थियो ।तर अहिले नेपालमा न्यूरो सर्जरीले निकै फड्को मारेको छ । अहिले देशभर न्यूरो सर्जन नै १२० जना रहेका छन् ।





नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?
सुरक्षित गर्भपतन सेवामा लगानी बढाउन विज्ञहरूको जोड