स्वास्थ्य मन्त्रालयद्धारा १२औं तहका दुई अतिरिक्त सचिवका लागि आवेदन माग
हेल्थ टिभी अनलाइन : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा रिक्त रहेको दुई वटा १२ औं तहको अतिरिक्त सचिव पदका लागि आवेदन माग गरिएको छ।
स्वास्थ्य मन्त्रालय बढुवा समितिको सचिवालयले सूचना जारी गर्दै पन्ध्र दिनभित्र मन्त्रालयको कर्मचारी प्रशासन शाखामा विवरण दर्ता गर्न भनेको छ। बढुवा समितिले २०८१ असार मसान्तसम्म ५ वर्ष सेवा अवधी पूरा भएका एघारौं तहका अधिकृत कर्मचारीहरुलाई बढुवा सम्बन्धी व्यक्तिगत विवरण फारम मन्त्रालयको वेभसाइटबाट डाउनलोड गरी उक्त विवरण सम्बन्धित निकायबाट प्रमाणित गराई दर्ता गर्न भनेको छ।
अहिले मन्त्रालयमा अतिरिक्त सचिवका २ पद रिक्त छन्।




व्यवहारिक मनोविज्ञान सम्बन्धी अन्तराष्ट्रिय सम्मेलन गर्दै नेशनल कलेज
वरिष्ठ प्याथोलोजिस्ट डा सुजन शर्मा स्पेनको बायोसिस्टम्समा प्राविधिक सल्लाहकार नियुक्त
चौंथो सुदीप्ता क्यान्सर सर्भाइभर र्याम्प शो हुँदै
स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा डा सुवास प्याकुरेल नियुक्त
ह्याम्स अस्पताल र म्याक्स सुपर स्पेशालिटी अस्पतालबीच रणनीतिक सहकार्य