स्वास्थ्य सचिव नियुक्ति विरुद्ध डा मिश्राद्धारा सर्वोच्च अदालतमा रिट
हेल्थ टिभी अनलाइन : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकी अतिरिक्त सचिव डा संगीता कौशल मिश्राले सरकारविरुद्ध सर्वोच्च अदालतमा रिट दायर गरेकी छिन् । उनले स्वास्थ्य सचिव बढुवा प्रक्रियामा वरिष्ठताको क्रममा आफू अगाडि भएपनि आफूलाई स्वास्थ्य सचिव नियुक्त नगरिएको भन्दै चैत १ गते सर्वोच्चमा रिट दायर गरेकी हुन् ।
डा मिश्राले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयलाई विपक्षी बनाएर रिट दायर गरेकी हुन् । उनको रिटमाथि आइतबार नै सुनुवाई भएको थियो । न्यायाधीश बालकृष्ण ढकालको एकल इजलासमा भएको सुनुवाईपछि सर्वोच्चले सरकारका नाममा कारण देखाऊ आदेश जारी गरेको छ । साथै छलफलका लागि दुवैपक्षलाई बोलाइएको छ ।
२१ फागुनमा बसेको मन्त्रिपरिषद् बैठकले अतिरिक्त सचिव डा विकास देवकोटालाई सचिवमा बढुवा गरेको थियो । नयाँ सचिवका लागि मन्त्रालयका तीन अतिरिक्त सचिवहरु डा मिश्रा, डा टंक बाराकोटी र डा विकास देवकोटाको नाम मन्त्रिपरिषदमा सिफारिस गरिएको थियो । डा मिश्राले आफू महिला भएको र मधेसी भएका कारण एक नंबरमा भएपनि सचिव सिफारिसमा नपरेको भन्दै यसअघि पनि सार्वजनिक रुपमा विरोध गर्दै आएकी थिइन ।





नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?
सुरक्षित गर्भपतन सेवामा लगानी बढाउन विज्ञहरूको जोड