स्वास्थ्य सेवा विभागका नवनियुक्त महानिर्देशक डा बाराकोटीले सम्हाले जिम्मेवारी
हेल्थ टिभी अनलाइन : स्वास्थ्य सेवा विभागका नवनियुक्त महानिर्देशक डा टंकप्रसाद बाराकोटीले आजबाट विभागको जिम्मेवारी सम्हालेका छन् । उनी आज विभाग पुगेर आफनो जिम्मेवारी सम्हालेका हुन् ।
स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदिप पौडेलले गत मंगलबार मन्त्रिस्तरीय निर्णय गर्दै डा बाराकोटीलाई विभागको महानिर्देशकको जिम्मेवारी दिएका थिए । यसअघिका महानिर्देशक डा विकास देवकोटा मन्त्रालयको सचिवमा बढुवा भएपछि रिक्त रहेको पदमा १२ औं तहका डा बारोकोटीलाई उक्त जिम्मेवारी दिइएको हो ।
डा देवकोटासँगै डा बाराकोटी र डा संगिता मिश्रााको नाम पनि सचिवको लागि सिफारिसमा थियो । तीनजनामध्ये सरकारले डा देवकोटालाई स्वास्थ्य सचिवमा बढुवा गरेको थियो ।
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?
सुरक्षित गर्भपतन सेवामा लगानी बढाउन विज्ञहरूको जोड
डा कृष्ण पौडेल स्वास्थ्य सेवा विभागको निमित्त महानिर्देशक
छारेरोग सम्बन्धी अन्तराष्ट्रिय सम्मेलन काठमाडौंमा सम्पन्न