‘सुर्तीजन्य पदार्थ नियन्त्रण गर्न कानून मात्र बनाएर पुग्दैन’
हेल्थ टिभी अनलाइन : सुर्तीजन्य पदार्थ नियन्त्रण गर्न कानून मात्र बनाएर नपुग्ने भन्दै यसको कार्यान्वयन पक्षलाई बलियो बनाउन सरोकारवालाले जोड दिएका छन्। राष्ट्रिय स्वास्थ्य शिक्षा, सूचना तथा संचार केन्द्रले आयोजना गरेको स्वास्थ्य पत्रकारसँगको छलफल कार्यक्रममा उनीहरुले यस्तो बताएका हुन्।
कार्यक्रममा बोल्दै वरिष्ठ क्यान्सर रोग विशेषज्ञ प्राडा विवेक आचार्यले नेपालमा कानून राम्रो भए पनि यसको कार्यान्वयनमा ध्यान नदिंदा सुर्तीजन्य पदार्थ सेवन गर्नेको संख्या घट्नुको सट्टा झन बढेको बताए । उनले भने, ‘हामी कानून बनायौं भनेर मख्ख परेर बस्छौं यसको कार्यान्वयनमा वास्ता गर्दैनौं । जसले गर्दा जुन रुपमा सुुर्तीजन्य पदार्थ सेवन गर्नेको संख्या घट्न पर्ने हो सो घट्न सकेको छैन्।’
उनले २० वर्ष अघि आफू वीर अस्पतालमा काम गर्दा क्यान्सरका बिरामी फाट्टफुट्ट आउने गरेकोमा तर अहिले त्यहीं बिरामी थेगी नसक्नु रहेको जिकीर गरे । उनले सुर्तीजन्य पदार्थकै सेवनकै कारण हुने क्यान्सर नेपालमा धेरै रहेको जनाए । डा आचार्यले सुर्तीजन्य पदार्थको सेवन मात्र रोक्न सके नेपालमा क्यान्सर रोक्न सकिने भन्दै यसमा सबै लाग्नपर्ने बेला आइसकेको बताए । उनले यही गतिमा क्यान्सरका बिरामी आएमा नेपालमा कुनै पनि अस्पतालले उपचार गरेर नसक्ने अवस्था सिर्जना हुने समेत जिकीर गरे ।
नेपालमा वर्षेनी २७ हजार मानिसको मृत्तु सुर्तीजन्य पदार्थबाट हुने क्यान्सर लगायतका रोगबाट भइरहेको तथ्यांक छ । कार्यक्रममा संचार केन्द्रका निर्देशक केशव पण्डितले सुर्तीजन्य पदार्थ र मदिरा सेवन कम गर्न गराउन कानून बनाउनुका साथै सचेतना अभिवृद्धिमा लगानी गर्नुपर्नेमा जोड दिए ।




व्यवहारिक मनोविज्ञान सम्बन्धी अन्तराष्ट्रिय सम्मेलन गर्दै नेशनल कलेज
वरिष्ठ प्याथोलोजिस्ट डा सुजन शर्मा स्पेनको बायोसिस्टम्समा प्राविधिक सल्लाहकार नियुक्त
चौंथो सुदीप्ता क्यान्सर सर्भाइभर र्याम्प शो हुँदै
स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा डा सुवास प्याकुरेल नियुक्त
ह्याम्स अस्पताल र म्याक्स सुपर स्पेशालिटी अस्पतालबीच रणनीतिक सहकार्य