Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

एन्टीबायोटिक औषधीको बट्टामा रातो धर्का अनिवार्य राख्न निर्देशन

एन्टीबायोटिक औषधीको बट्टामा रातो धर्का अनिवार्य राख्न निर्देशन

हेल्थ टिभी अनलाइन : एन्टीबायोटिक औषधीको लेवल, बट्टामा रातो धर्का अनिवार्य राख्न औषधी व्यवस्था विभागले उत्पादक तथा आयातकर्तालाई निर्देशन दिएको छ । विभागले आइतबार एक सूचना जारी गर्दै सबै खालका एन्टीबायोटिक औषधीको बट्टामा अनिवार्य रातो धर्का राख्न निर्देशन दिएको हो ।

एन्टीबायोटिक र अन्य औषधीबीचको फरक छुट्याउनका लागि र एन्टीबायोटिकको संवेदनशिलता झल्काउन पनि अन्तराष्ट्रिय अभ्यास अनुसार त्यसको बट्टामा रातो धर्का अनिवार्य गरिंदै आइएको छ । नेपालमा पनि एन्टीबायोटिक औषधीमा अनिवार्य रातो धर्का राख्नपर्ने ऐनमा उल्लेख छ ।

गत वर्षको भदौ ११ गतेकाे औषधि सल्लाहकार समितिको सिफारिसमा विभागले एन्टीबायोटिक औषधिको प्राइमरी र सेकेण्डरी प्याकिङ्गको लेवलमा रातो धर्का राख्ने सूचना जारी गरेको थियो। तर रातो धर्का सम्बन्धी नियम पालना नभएकाे भन्दै विभागले साे पालनाका लागि निर्देशन दिएको हाे।

एन्टीबायोटिक औषधीमा रातो धर्का नभएको र यसको प्रयोग र विक्री वितरण जथाभावी भइरहेको भन्ने गुनासो आएपछि विभागले यो सूचना जारी गरेको जनाएको छ । विभागले एन्टीबायोटिकको जथाभावी प्रयोगले एन्टीमाइक्रोबियल रेसिस्टेन्सको समस्या बढेको भन्दै चिकित्सकको सिफारिस बिना यस्ता औषधी खरिद नगर्न र विक्रेतालाई पनि विक्री नगर्न आग्रह गरेको छ ।

चिकित्सकको सिफारिस बिना एन्टीबायोटिक विक्री गरेको पाइए कारवाही गरिने पनि विभागले जनाएको छ ।

 

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार