७५ औं स्थापना दिवस मनाउँदै चिकित्सक संघ
हेल्थ टिभी अनलाइन : नेपाल चिकित्सक संघले आफनो ७५ औं स्थापना दिवस मनाउने भएको छ । यही फागुण २० गते देशभर विभिन्न कार्यक्रम गरी संघले यो दिवस मनाउन लागेको हो । ‘नेपालको लागि नेपाली चिकित्सक’ भन्ने नारासहित यो दिवस मनाउन लागिएको संघका महासचिव डा बद्री रिजालले बताए ।
उनले नेपाली चिकित्सकहरुको योगदान, तथा भूमिकालाई मध्यनजर गर्दै उनीहरुको सम्मानमा यो कार्यक्रम गर्न लागेको जिकीर गरे । उनले भने, ‘नेपालमा चिकित्सकहरु अत्यन्त कम सेवा सुविधामा पनि देशका कुना कुनाका स्वास्थ्य संस्थामा अहोरात्र खटेर योगदान गरिरहेका छन्। उनीहरु नेपाली स्वास्थ्य सेवा प्रणालीको मेरुदण्ड नै हुन्।’
संघले २० गते काठमाडौंमा आयोजना गर्ने मुख्य कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेल प्रमुख अतिथिका रुपमा रहने जनाएको छ । उक्त कार्यक्रममा उत्कृष्ट काम गर्ने केही चिकित्सकलाई सम्मान गरिने कार्यक्रम पनि रहेको छ ।




व्यवहारिक मनोविज्ञान सम्बन्धी अन्तराष्ट्रिय सम्मेलन गर्दै नेशनल कलेज
वरिष्ठ प्याथोलोजिस्ट डा सुजन शर्मा स्पेनको बायोसिस्टम्समा प्राविधिक सल्लाहकार नियुक्त
चौंथो सुदीप्ता क्यान्सर सर्भाइभर र्याम्प शो हुँदै
स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा डा सुवास प्याकुरेल नियुक्त
ह्याम्स अस्पताल र म्याक्स सुपर स्पेशालिटी अस्पतालबीच रणनीतिक सहकार्य