कान्ति अस्पतालमा बेड संख्या बढाउन मन्त्री पौडेलले जापान सरकारसँग मागे सहयोग
हेल्थ टिभी अनलाइन : स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदिप पौडेलले कान्ति बाल अस्पताललाई एक हजार बेडमा बिस्तार गर्ने कार्यमा सहयोगका लागि जापान सरकारसँग सहयोग मागेका छन्
। नेपालका लागि जापानी राजदूत तोरु मायदासँगको भेटका क्रममा मन्त्री पौडेलले बालबालिकाको उपचारका लागि विशिष्टिकृत अस्पताल भएपनि पर्याप्त पूर्वाधार नभएकाले विकास गर्ने सरकारको योजनामा साथ दिन जापान सरकारसँग आग्रह गरेका हुन्।
मन्त्री पौडेलले मन्त्रालयले घोषणा गरेको एक्सरे फिल्म प्रयोग निरुत्साहित गरेर डिजिटल वितरण योजनामा समेत जापान सरकारबाट सहयोगको अपेक्षा गरेको बताएका थिए। यसैगरी राजदूत मायदाले कान्ति अस्पताललाई सहयोग गर्नका लागि आफू सकारात्मक रहेको बताएका थिए ।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण