सबैलाई समेट्ने गरी एकीकृत स्वास्थ्य सेवा ऐन ल्याउँदैछौं : स्वास्थ्यमन्त्री पौडेल
हेल्थ टिभी अनलाइन : स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदिप पौडेलले सबैलाई समेट्ने गरी अब छिट्टै एकीकृत स्वास्थ्य सेवा ऐन ल्याउन लागेको बताएका छन् । बिहिबार २८ औं स्वास्थ्य सेवा दिवसको अवसरमा मन्त्रालयमा आयोजित कार्यक्रममा उनले यस्तो बताएका हुन् ।
कार्यक्रममा बोल्दै मन्त्री पौडेलले स्वास्थ्य सेवालाई अझ व्यवस्थित बनाउन नयाँ स्वास्थ्य ऐनको आवश्यकता देखिएको र त्यसका लागि काम भइरहेको जिकीर गरे । उनले भने, ‘समग्र स्वास्थ्य क्षेत्रलाई समेट्ने गरी हामीले एकीकृत स्वास्थ्य सेवा ऐन ल्याउने तयारी गरिरहेका छौं । र यो ऐन अन्तिम चरणमा रहेको छ ।’
उनले बलियो नीति तथा ऐन बनेमा मात्र स्वास्थ्यका सबै पक्षलाई समान ढंगले व्यवहार गर्न सक्ने भन्दै अहिलेको नीतिले कसैलाई काखा र कसैलाई पाखा जस्तो गरेको देखिएको बताए । उनले समान पदका कर्मचारीको पनि कहीं कम तथा कहीं बढी तलब रहेको जिकीर गर्दै सबैलाई समान व्यवहार र समान सम्मान गर्ने ऐनको खाँचो रहेको पनि जिकीर गरे ।
मन्त्री पौडेलले स्वास्थ्यमा राज्यको लगानी कम भएको कुरा थाहा हुँदाहुँदै पनि यही अवस्थामा पनि कसरी उत्कृष्ट सेवा दिन सकिन्छ भनेर आफू लागिरहेको बताए । उनले राज्यले स्वास्थ्यलाई प्राथमिकतामा राखेर लगानी पनि बढाउनपर्नेमा जोड दिए । कार्यक्रममा तीन दिन अघि मात्र स्वास्थ्य सचिवबाट सेवा निवृत्त भएका डा रोशन पोखरेल र निमित्त सचिव दिपेन्द्र रमण सिंहलाई सम्मान गरिएको थियो ।





अफ्रिकामा महिलाका अधिकारमाथि चुनौती, ‘मापुटो प्रोटोकल’ बचाउन आह्वान
एमडीएच फर्मास्युटिकल्सलाई क्वालिटी अचिभमेन्ट अवार्ड
ल्वाङलाई औषधिको रुपमा कसरी प्रयोग गर्ने ?
नेपाली औषधि कम्पनी म्याग्नस फार्मा अन्तर्राष्ट्रिय गुणस्तर अवार्डबाट सम्मानित
क्यान्सर बिजेताहरुको एउटै आवाज -‘क्यान्सरलाई जित्न सकिन्छ’