शिक्षामन्त्री भट्टराई बिरामी, त्रिवि शिक्षण अस्पताल भर्ना
हेल्थ टिभी अनलाइन : शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराई बिरामी परेपछि अस्पताल भर्ना भएकी छिन् । मन्त्री भट्टराईलाई महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा भर्ना गरी उपचार सुरु गरिएको हो ।
ज्वरो आउने, घाँटी दुख्ने, बढी खोकी लाग्ने भएपछि उनलाई त्रिवि शिक्षण अस्पताल लगिएको थियो । चिकित्सकले भर्ना गरेर उपचार गर्नुपर्ने सल्लाह दिएपछि उनको भीआइपी क्याबिनमा राखेर उपचार भइरहेको अस्पताल स्रोतले जनाएको छ ।
स्वास्थ्यमा केही सुधार भइरहेको र केही परीक्षणहरुको रिपोर्ट आउन बाँकी रहेको उनको उपचारमा संलग्न एक चिकित्सकले जानकारी दिए ।





नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?
सुरक्षित गर्भपतन सेवामा लगानी बढाउन विज्ञहरूको जोड