नेपाल लिट्रेचर फेस्टिबलमा सुर्ती उद्योगको संलग्नता प्रति एक्सन नेपालको आपत्ति
हेल्थ टिभी अनलाइन : सुर्तीजन्य पदार्थ नियन्त्रण तथा नियमन गर्न बनाइएको ऐन र निर्देशिका विपरित “नेपाल लिट्रेचर फेस्टिभल २०२५” का आयोजकले सुर्ती उत्पादक सूर्य नेपाल प्रालिलाई कार्यक्रममा संलग्न गराएएकोप्रति एक्सन नेपालले आपत्ति जनाएको छ ।
नेपालमा हरेक वर्ष सुर्तीजन्य पदार्थ सेवनका कारण लाग्ने रोगबाट ३७,००० भन्दा बढीले अकालमा ज्यान गुमाइरहेको जानकारी दिंदै सुर्तीजन्य पदार्थको विज्ञापनको प्रभावले युवा पुस्तालाई सुर्तीजन्य पदार्थको प्रयोग गर्न प्रोत्साहित गर्ने यथार्थ दशकौंको अनुसनधानहरूले देखाएको पनि एक्सन नेपालले जनाएको छ ।
एक्सन नेपालले जारी गरेको विज्ञप्तिमा लेखिएको छ, ‘अधिकांश देशहरूले सुर्ती उद्योगहरुलाई कुनै पनि प्रकारको विज्ञापन, प्रवर्दन र प्रायोजनमा प्रतिबन्ध लगाएका छन्। नेपालमा पनि सुर्तीजन्य पदार्थ नियन्त्रण तथा नियमन गर्न
बनाइएको ऐन २०६८ र सुर्तीजन्य पदार्थ नियन्त्रण तथा नियमन निर्देशिका, २०७१ ले यस्तो कार्यमा प्रतिबन्ध गरेको छ ।आफूलाई सामाजिक रूपमा जिम्मेवार पात्रको रुपमा प्रस्तुत गर्ने दबाब र आफ्नो उपस्थितिको प्रचार प्रसारको खोजीमा रहेका सुर्ती उद्योगहरूले संस्थागत सामाजिक उत्तरदायित्वको प्रावधानलाई दुरुपयोग गर्दै आफ्नो वैधानिकता प्राप्त गर्ने प्रयास गर्दै आएका छन्।
कानून विपरीत पोखरामा हुन लागेको नेपाल लिट्रेचर फेस्टिभल २०२५ मा सूर्य नेपाललाई सामेल गराएर आयोजकले सुर्ती उद्योगको पापलाई ढाक्ने काममा तिनीहरुलाई सहयोग मात्र गरेको छैन, सूर्य नेपालले सेसन स्पोन्सर गर्ने भएकोमा आफू हर्षित रहेको प्रतिक्रिया दिएर आफ्नो बौद्धिक दरिद्रताको परिचय पनि दिएको छ। आफ्नो सामाजिक उत्तरदायित्वको समेत वास्ता नगरी जनस्वास्थ्यलाई गम्भीर हानि पुर्याउने सुर्तीजन्य पदार्थ उत्पादकको ब्यानर मुनि बसेर वा बसाएर साहित्य, देश, समाज जस्ता बहुआमायिक विषयहरुमा छलफल गराउनु वा गरिनु बिडम्बनापूर्ण र हाँस्यास्पद छ।’ यो कार्य तुरुन्त रोक्न पनि विज्ञप्तिमा भनिएको छ ।
पोखरामा भएको अघिल्लो दुई संस्करणमा कानून विपरित सुर्ती उद्योगको स्पोन्सरसिपमै फेस्टिबल हुँदा पनि सरकारले कुनै कारवाही गरेको थिएन । यसपटक पनि उनीहरु यसरी नै कानून विपरित फेरि सुर्ती उद्योगकै स्पोन्सरसिपमा कार्यक्रम गर्न अघि सरेको देखिन्छ ।




व्यवहारिक मनोविज्ञान सम्बन्धी अन्तराष्ट्रिय सम्मेलन गर्दै नेशनल कलेज
वरिष्ठ प्याथोलोजिस्ट डा सुजन शर्मा स्पेनको बायोसिस्टम्समा प्राविधिक सल्लाहकार नियुक्त
चौंथो सुदीप्ता क्यान्सर सर्भाइभर र्याम्प शो हुँदै
स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा डा सुवास प्याकुरेल नियुक्त
ह्याम्स अस्पताल र म्याक्स सुपर स्पेशालिटी अस्पतालबीच रणनीतिक सहकार्य