नेपाल मेडिकल कलेजका शेयरधनीलाई ३० प्रतिशत बोनस
हेल्थ टिभी अनलाइन : नेपाल मेडिकल कलेजका शेयरधनीलाई कलेजले ३० प्रतिशत मुनाफा दिने भएको छ । कलेजको शनिबार सम्पन्न २५ औं वार्षिक साधारण सभाले शेयरधनीहरुलाई ३० प्रतिशत मुनाफा वितरण गर्ने प्रस्ताव सर्वसम्मतले पारित गरेको हो ।
साधारण सभाले आर्थिक वर्ष २०८०\०८१ को मुनाफाबाट १५ करोड, ७४ लाख, २३ हजार ७ सय ४७ रुपैंया कर सहितको नगद लाभांश स्वीकृत गरेको छ । साथै साधारण सभाले यसअघि सञ्चालक समितिले गरेका सम्पूर्ण निर्णयहरु सर्वसम्मतले पारित समेत गरेको छ ।
यसैबीच कलेजका अध्यक्ष प्राडा जैनुद्धिन अन्सारीले चिकित्सा शिक्षा र स्वास्थ्य सेवाको क्षेत्रलाई व्यवसायिक रुपमा मात्र हेर्न नहुने बताएका छन् । कलेजको २५ औं वार्षिक साधारण सभामा बोल्दै अध्यक्ष प्राडा जैनुद्धिन अन्सारीले मेडिकल कलेजहरुले प्रदान गर्दै आइरहेको चिकित्सा शिक्षा र स्वास्थ्य सेवाले समाज र राष्ट्रप्रति नै योगदान गरेको बताउँदै अध्यक्ष प्राडा अन्सारीले राज्यले निजी क्षेत्रबाट मेडिकल शिक्षा र स्वास्थ्य सेवामा पुर्याउँदै आएको योगदानको कदर गर्नुपर्ने बताएका छन् । सरकारले जनताका लागि ल्याएको निःशुल्क स्वास्थ्य सेवाका अभियानहरु सफल पार्न निजी मेडिकल कलेजहरुले महत्वपूर्ण योगदान दिएको पनि उनको भनाई थियो ।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण