ह्याम्स अस्पतालमा स्कोलियोसिस भएका बिरामीहरुको सफल शल्यक्रिया
हेल्थ टिभी अनलाइन : स्कोलियोसिस मेरुदण्डको असामान्य बाङ्गो देखिने अवस्था हो। जुन रोगको शुरुवाती चरणमा सजिलै पहिचान हुँदैन। यो सामान्यतया बच्चाहरुमा हुन्छ, तर वयस्कहरुलाई पनि असर गर्न सक्छ। विगत दुई महिनामा ह्याम्स अस्पतालमा २ जनाको स्कोलियोसिसको सफल शल्यक्रिया गरिएको छ । दुवै बिरामीहरु आफ्नो जीवनको गुणस्तर, हिडाई डुलाई र समग्र स्वास्थ्यलाई असर गर्ने महत्वपूर्ण मेरुदण्डका समस्याहरु लिएर आएको र उनीहरुको शल्यक्रिया पश्चात जीवन सहज भएको अस्पतालले जनाएको छ ।
बिरामीहरुको सम्पूर्ण परीक्षण तथा उपचार योजना पश्चात, पूर्व योजना तथा सावधानीका साथ शल्यक्रिया गरिएको थियो । शल्यक्रिया पश्चात दुवै बिरामीहरुले उल्लेखनीय सुधारहरु अनुभव गरेको बताइएको छ । शल्यक्रिया पश्चात विरामीहरुले मेरुदण्डको दुखाई एकदम कम भएको र आफ्नो शरीरको अन्य समस्यामा सुधार आएको विचार व्यक्त गरेका छन् । शारीरिक तन्दुरुस्ती मात्र होईन मानसिक र भावनात्मक स्वास्थ्यमा पनि बिरामीलाई ठूलो सुधार भएको छ ।
ह्याम्स अस्पतालले स्कोलियोसिस भएका विरामीहरुको लागि उत्कृष्ट सेवा तथा हेरचाह प्रदान आफूहरु प्रतिवद्ध रहेको जनाएको छ । स्कोलियोसिस भएका विरामीहरुको निदान, अस्पताल बसाई र शल्यक्रिया शुल्क छुट प्रदान गर्ने विशेष योजना समेत अघि सारिएको अस्पतालले जनाएको छ । यो पहल उच्च गुणस्तरको शल्यक्रियात्मक सेवालाई थप पहुँच योग्य र किफायती बनाउनको लागि ल्याईएको बताइएको छ । आर्थिक विपन्नता भएका विरामीहरुले समेत यो उच्चस्तरीय सेवाबाट फाईदा लिएर स्वास्थ्य जीवन यापन गर्न पाउन भनेर यो सहुलियत ल्याइएको हो । ।
अस्पतालमा देशमा विभिन्न बिकट स्थानबाट आउने विपन्न नागरिकहरुलाई सामान्य शैयामा पूर्ण छूट तथा अस्पतालद्वारा प्रदान गरिने अन्य सेवामा विशेष छुट समेत दिदै आईरहेका छ । यसले गर्दा सामान्य आर्थिक अवस्था भएका विरामीहरुले समेत विशिष्ट स्वास्थ्यसेवाको सुनिश्चितता पाएका छन् ।
ह्याम्स अस्पतालले नेपाल सरकारको विपन्न नागरिक औषधी उपचार सम्वन्धि आर्थिक सहायता कार्यविधि निर्देशिका बमोजिम मुटूरोगको उपचार गर्दै आईरहेकोमा स्पाइनल इन्जुरीको विरामीको पनि सहुलियत दरमा सेवा प्रदान गर्ने उदेश्यले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा सूचिकरणको लागि निवेदन दिईसकेको छ । सूचिकृत भए लगत्तै स्पाईनल ईन्जुरीका विरामीलाई ‘विपन्न नागरिक सहुलियत’ अनुरुप थप सेवा प्रदान गरिने पनि अस्पतालले जनाएको छ ।




व्यवहारिक मनोविज्ञान सम्बन्धी अन्तराष्ट्रिय सम्मेलन गर्दै नेशनल कलेज
वरिष्ठ प्याथोलोजिस्ट डा सुजन शर्मा स्पेनको बायोसिस्टम्समा प्राविधिक सल्लाहकार नियुक्त
चौंथो सुदीप्ता क्यान्सर सर्भाइभर र्याम्प शो हुँदै
स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा डा सुवास प्याकुरेल नियुक्त
ह्याम्स अस्पताल र म्याक्स सुपर स्पेशालिटी अस्पतालबीच रणनीतिक सहकार्य