वार्षिकोत्सवको अवसरमा स्पार्क हेल्थ होम अस्पतालमा नि:शुल्क शिविर
हेल्थ टिभी अनलाइन : कालिमाटीस्थित स्पार्क हेल्थ होम अस्पतालले आफनो ३३ औं वार्षिकोत्सवको अवसर पारेर नि:शुल्क स्वास्थ्य शिविरको आयोजना गर्ने भएको छ ।
प्राकृतिक चिकित्सामा छुट्टै नाम बनाउन सफल स्पार्क अस्पतालले यही फागुन ११ गते बिहान ९ बजेदेखि दिउँसो २ बजेसम्म नि:शुल्क शिविर तथा रक्तदान कार्यक्रम राखेको हो । ढाड दुख्ने, घुँडा, जोर्नीको समस्या, हड्डी खिइएको, डिस्क प्रोल्याप्स, नशा च्यापिएको, प्यारालाइसिस लगायतका बिरामीका लागि नि:शुल्क शिविर राखिएको अस्पतालले जनाएको छ ।
उक्त दिन विशेषज्ञ चिकित्सकबाट जाँच तथा परामर्श नि:शुल्क लिन सकिने छ भने अन्य ल्याब जाँच, एक्सरे, लगायतका सेवामा विशेष छुट प्रदान गरिने पनि अस्पतालले जनाएको छ । स्पार्क अस्पतालले यो ३३ वर्षमा प्राकृतिक चिकित्सा मार्फत हजारौं बिरामीलाई सेवा दिइसकेको छ भने निको हुने आस मारिसकेका धेरै बिरामीले यहींबाट नयाँ जीवन समेत पाएका छन् ।
नेपाली औषधि कम्पनी म्याग्नस फार्मा अन्तर्राष्ट्रिय गुणस्तर अवार्डबाट सम्मानित
क्यान्सर बिजेताहरुको एउटै आवाज -‘क्यान्सरलाई जित्न सकिन्छ’
स्वास्थ्यमन्त्री मेहताले स्वास्थ्य पत्रकारसँग किन मागिन एकाएक सुझाव ?
नेपाल क्यान्सर अस्पतालले एक अर्बको लगानी थप्दै
अन्तर्राष्ट्रिय टेलिमेडिसिन सेवामा सहकार्य