१२ दिनमा १३ लाख किशोरीले लगाइसके एचपीभी खोप
हेल्थ टिभी अनलाइन : पाठेघरको मुखको क्यान्सरबिरुद्धको एचपीभी खोप अभियानका क्रममा १२ दिनमा शनिबारसम्म १३ लाख किशोरीले खोप लगाइसकेका छन् ।
स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदिप पौडेलले उक्त जानकारी दिंदै यो अभियानलाई सफल पार्न खट्ने स्वास्थ्यकर्मी, अभिभावक, स्वयंसेवक, सहयोगी विद्यालय सबैलाई धन्यवाद दिएका छन् । उनले अभियान फागुन ६ गतेसम्म चल्ने भएकाले खोप लगाउन छुटेका कक्षा ६ देखि १० सम्म अध्ययनरत छात्रा र विद्यालय बाहिर रहेका भए १० देखि १४ वर्षका किशोरीहरुलाई नजिकैको स्वास्थ्य संस्थामा गएर अनिवार्य खोप लगाउन पनि आग्रह गरेका छन् ।
माघ २२ गते विश्व क्यान्सर दिवसका दिनदेखि सुरु भएको अभियान फागुन ६ गतेसम्म सञ्चालन हुनेछ । सरकारले देशभर झण्डै १७ लाख किशोरीलाई एचपीभी खोप दिने लक्ष्य लिएको छ ।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण