औषधीको मूल्य नीति सुझाव समितिले सरोकारवालासँग छलफल नै नगरेको एपोनको गुनासो
हेल्थ टिभी अनलाइन : नेपाल औषधी उत्पादक संघ (एपोन) ले औषधीको मूल्य नीति सुझाव समितिले सरोकारवालासँग छलफल नै नगरेको गुनासो गरेको छ ।
बिहीबार स्वास्थ्य पत्रकार मञ्च नेपालको नव निर्वाचित कार्यसमितिलाई स्वागत गर्न आयोजित कार्यक्रममा एपोनका कार्यवहाक अध्यक्ष प्रभात रुंगाटाले औषधीको मूल्य नीति सुझाव समितिले सरोकारवाला राम्ररी छलफल नै नगरेको गुनासो गरेका हुन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले गत ६ कात्तिकमा मन्त्रिस्तरीय निर्णय गर्दै अर्थविद डा पोषराज पाण्डेको संयोजकत्वमा सात सदस्यीय औषधीको मूल्य नीति सुझाव समिति बनाएका थिए । सो समितिले औषधीको मूल्य, गुणस्तर र स्वदेशी उद्योगको प्रर्वद्धनका लागि सुझाव दिने कार्यादेश पाएको थियो । तर कार्यादेश अनुसार उक्त समितिले काम गर्न नसकेको रुंगाटाले जिकीर गरे । उनले भने, औषधी क्षेत्रको प्रमुख सरोकारवाला पक्ष नेपाल औषधी उत्पादक संघ हो हामीसँग अहिलेसम्म कुनै छलफल नै भएको छैन । सरोकारवालासँग छलफल नै नगरी कस्तो सुझाव दिने हालो समितिले उनले थपे ।
उनले ६ वर्षमा १३ जना स्वास्थ्य मन्त्री परिवर्तन भएको भन्दै अस्थिर सरकारका कारण पनि नेपाली औषधी उद्योग मारमा परेको बताए । यसैगरी एपोनका पूर्व अध्यक्ष दीपक प्रसाद दाहाल तथा प्रज्वल जंग पाण्डेलले औषधी व्यवसायीलाई सरकारले कहिल्यै उत्साहित भएर काम गने वातावरण नै दिन नसेकेको र सधैं निरुत्साहित गर्ने मात्र काम गरिरहेको गुनासो गरेका थिए ।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण