नसर्ने रोगको भार कम गर्न नि:शुल्क परीक्षण अभियान थालेका हौं : मन्त्री पौडेल
हेल्थ टिभी अनलाइन : स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदिप पौडेलले नसर्ने रोग विरुद्ध आजबाट सुरु हुन लागेको एक महिने अभियान सफल पार्न सबैलाई भिडियो सन्देश मार्फत अपिल गरेका छन् । उनले नेपालमा नसर्ने रोग नै मृत्युको प्रमुख कारण रहेको भन्दै यसलाई घटाउनका लागि समय समयमा आफनो स्वास्थ्य अवस्थाबारे जान्न जरुरी रहेको भन्दै निशुल्क परीक्षण अभियान सुरु गरिएको र यो अभियानमा सरिक भएर नसर्ने रोगकाबारेमा जानकारी लिन र परीक्षण गर्न आग्रह गरे ।
उनले पछिल्लो समय जलवायू परिवर्तन तथा बढ्दो शहरीकरणका कारण यसमा थप जटिलता थपिएको पनि उल्लेख गरेका छन् । उनले स्वास्थ्य मन्त्रालयले उपचारभन्दा पनि अब प्रतिकारात्मक र प्रवर्धनात्मक विधिबाट नागरिकको स्वास्थ्यमा सुधार ल्याउने प्रयास गरेको र रोग लागिसकेपछि उपचारमा हुने ठूलो धनराशी खर्चलाई कटौती गर्नका लागि रोग लाग्नै नदिन साथै सुरुकै अवस्थामा उपचार गर्ने बानी बसाल्न यो अभियानले सहयोग गर्नेमा आफूले विश्वास लिएको बताए ।
उनले समय समयमा गरिने यस्ता परीक्षणले आफूलाई भएको रोगकाबारेमा जानकारी हुने जिकीर गरे । उनले भने, निरोधात्मक विधि अन्तर्गत नागरिकको आधारभूत स्वास्थ्य परीक्षण अनि सचेतनाका माध्यमबाट सकेसम्म रोग लाग्नै नदिने तथा लागेको खण्डमा समयमै उपचारबाट नागरिकको स्वास्थ्य र नागरिक तथा राज्य दुवैको धनराशी जोगाउने हाम्रो प्रयत्न जारी छ ।
यो अभियानमा नेपाल भित्र बसोबास गर्ने ३० वर्ष भन्दा माथिका नागरिकहरुलाई हरेक स्थानीय तहका स्वास्थ्य संस्थाहरुमा मधुमेह, उच्च रक्तचाप, मृगौला सम्बन्धी रोग एवम् शरीरको उचाई र तौलको अनुपात समयमै पहिचान गरि उल्लेखित नसर्ने रोगहरुको रोकथाम तथा व्यवस्थापन गर्ने लक्ष्य राखेर फागुन महिनाभर अभियान थालिएको छ ।
मन्त्रालयले हरेक वर्ष यो अभियानलाई निरन्तरता दिने पनि जनाएको छ ।




व्यवहारिक मनोविज्ञान सम्बन्धी अन्तराष्ट्रिय सम्मेलन गर्दै नेशनल कलेज
वरिष्ठ प्याथोलोजिस्ट डा सुजन शर्मा स्पेनको बायोसिस्टम्समा प्राविधिक सल्लाहकार नियुक्त
चौंथो सुदीप्ता क्यान्सर सर्भाइभर र्याम्प शो हुँदै
स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा डा सुवास प्याकुरेल नियुक्त
ह्याम्स अस्पताल र म्याक्स सुपर स्पेशालिटी अस्पतालबीच रणनीतिक सहकार्य