काठमाडौंमा मधुमेह सम्बन्धी अन्तराष्ट्रिय सम्मेलन हुँदै
हेल्थ टिभी अनलाइन : काठमाडौंमा मधुमेह सम्बन्धी अन्तराष्ट्रिय सम्मेलन हुने भएको छ । धन योगा फाउन्डेसनको आयोजनामा आगामी मार्च १ तारिख अर्थात फागुन १७ गते सम्मेलन हुन लागेको हो ।
धनयोगा फाउन्डेसनको आयोजनामा हुने एक दिने उक्त सम्मेलनमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, युनिभर्सिटी अफ म्यासुच्युसेट अमेरिका, डाइबेटिज एण्ड ईण्डोक्राइनोलोजी एशोसिएसन नेपाल र नेपाल हेल्थ कप्र्सको सहकार्य रहने बताईएको छ ।
मधुमेहको बढ्दो समस्यालाई मध्यनजर गर्दै नेपालमा उक्त सम्मेलन गर्न लागिएको सम्मेलनका साइन्टिफिक कमिटीका चेयर डा प्रज्वल प्याकुरेलले बताए। सम्मेनलमा विश्वमा मधुमेहको उपचार र रोकथामका लागि भइरहेका प्रयास, अनुसन्धान र त्यसका निष्कर्षका साथै प्रविधि र प्रयोगका विषयमा समेत छलफल हुने डा प्याकुरेलले जानकारी दिए। सम्मेलनमा हुने उच्चस्तरीय छलफल र त्यसबाट निस्किएका निष्कर्ष मधुमेहको रोकथाम र उपचारका लागि सरकारले बनाउने नीतिका लागि सहयोगी हुने विश्वास आयोजकको छ।
सम्मेलनमा अमेरिका र भारत लगायतका देशका अनुसन्धानकर्ता तथा विशेषज्ञ चिकित्सकसहित २ सय बढीको सहभागिता रहने जनाइएको छ ।




व्यवहारिक मनोविज्ञान सम्बन्धी अन्तराष्ट्रिय सम्मेलन गर्दै नेशनल कलेज
वरिष्ठ प्याथोलोजिस्ट डा सुजन शर्मा स्पेनको बायोसिस्टम्समा प्राविधिक सल्लाहकार नियुक्त
चौंथो सुदीप्ता क्यान्सर सर्भाइभर र्याम्प शो हुँदै
स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा डा सुवास प्याकुरेल नियुक्त
ह्याम्स अस्पताल र म्याक्स सुपर स्पेशालिटी अस्पतालबीच रणनीतिक सहकार्य