मुटुरोग विशेषज्ञ डा अवनिभूषणको ‘मान्छेको मुटु’ पुस्तक सार्वजनिक
हेल्थ टिभी अनलाइन : वरिष्ठ मुटुरोग विशेषज्ञ डा अवनिभूषण उपाध्यायको पुस्तक ‘मान्छेको मुटु’ सार्वजनिक गरिएको छ ।
काठमाडौंमा आयोजित एक कार्यक्रमकाबीच पुस्तकका प्रकाशक इदा उपाध्याय, वरिष्ठ फिजिसियन डा सत्यनारायण सुवाल, वरिष्ठ मुटुरोग विशेषज्ञ डा रत्नमणि गजुरेल, वरिष्ठ मुटुरोग विशेषज्ञ डा प्रकाशराज रेग्मी, साहित्यकार राजेन्द्र थापा, लेखक तथा सम्पादक लक्ष्मण अधिकारीले संयुक्त रूपमा पुस्तक लोकार्पण गरे ।
पुस्तकका बारेमा बोल्दै मुटुरोग विशेषज्ञ डा रेग्मीले मुटुसँग सम्बन्धित वैज्ञानिक, प्राविधिक, आध्यात्मिक, भावनात्मक सबै पाटो जोडिएर पुस्तक लेखिएकाले पुस्तक उत्कृष्ट बनेको बताए ।
साहित्यकार थापाले पुस्तकमा सर्वसाधारणले बुझ्ने गरी मुटुसम्बन्धी सरल भाषामा जानकारी प्रस्तुत गरिएको बताए । उनले पुस्तकले मेडिकलभन्दा पनि आममानिसका मुटुसम्बन्धी जिज्ञासालाई प्रश्नोत्तरमार्फत मनका कुरा रोचक ढङ्गले
साढे चार दशकदेखि मुटु उपचारमा संलग्न डा उपाध्यायको यसअघि ‘मुटुसँग सहयात्रा’ नामक पुस्तक प्रकाशन भइसकेको छ । यो डा उपाध्यायको दोस्रो पुस्तक हो । ३१० पृष्ठको प्रश्नोत्तर शैलीमा लेखिएको पुस्तकमा मुटुबारे विविध जानकारी हुनाका साथै मन र आत्माबारे चर्चा छ ।
सुरुङभित्र फसेका दुई जनाको जीवितै उद्धार
रसुवा बाढी : अझै पनि ४ हजार २१६ जना सम्पर्कविहीन
महिलाका अधिकारमाथि बढ्दो प्रहार, संरक्षणको माग
बाढीपछि तत्काल अपनाउनुपर्ने स्वास्थ्य सतर्कताहरू
पहिचान नखुलेका २२९ शवको डीएनए नमुना लिएर व्यवस्थापन गरिंदै