डाक्टरमाथि आक्रमण गर्नेलाई कारबाही गर्न चिकित्सक संघको माग
हेल्थ टिभी अनलाइन : वीर अस्पतालमा डाक्टरहरूमाथि आक्रमणको घटनामा संलग्न दोषीहरूलाई कडा कारबाही गर्न नेपाल चिकित्सक संघले सरकार समक्ष माग गरेको छ ।
संघका अनुसार वीर अस्पतालको शल्यक्रिया कक्षमा सेवामा खटिएका चिकित्सक डा घनश्याम थापा, डा शरद पोखरेल लगायत अन्य स्वास्थ्यकर्मीहरूमाथि आक्रमण भएको थियो ।
घटनाप्रति संघको गम्भीर ध्यानाकर्षण भएको जनाउँदै महासचिव डा सञ्जीव तिवारीले अस्पताल जस्तो संवेदनशील क्षेत्रमा भएको यस्तो आपराधिक कार्यको नेपाल चिकित्सक संघ घोर भर्त्सना गरेका छन् । अस्पताल जस्तो संवेदनशिल संस्थामा हुने यस प्रकारका आक्रमणले स्वास्थ्यकर्मीको मनोबल कमजोर हुने र त्यसको असर स्वास्थ्य सेवामा देखिने पनि उनले जिकीर गरेका छन् ।









औषधि खाँदा के कुरामा ध्यान दिने ?
मधुमेहका बिरामीले दशैँमा कसरी मिलाउने खानपान ?
यसकारण खानुपर्छ टुसाएका गेडागुडी
मानसिक स्वास्थ्य सरकारको उच्च प्राथमिकतामा छ : स्वास्थ्यमन्त्री
बुढीगण्डकी बाढीले मुग्लिङसम्म उच्च जोखिम