Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

डाक्टरमाथि आक्रमण गर्नेलाई कारबाही गर्न चिकित्सक संघको माग

डाक्टरमाथि आक्रमण गर्नेलाई कारबाही गर्न चिकित्सक संघको माग

हेल्थ टिभी अनलाइन : वीर अस्पतालमा डाक्टरहरूमाथि आक्रमणको घटनामा संलग्न दोषीहरूलाई कडा कारबाही गर्न नेपाल चिकित्सक संघले सरकार समक्ष माग गरेको छ ।

संघका अनुसार वीर अस्पतालको शल्यक्रिया कक्षमा सेवामा खटिएका चिकित्सक डा घनश्याम थापा, डा शरद पोखरेल लगायत अन्य स्वास्थ्यकर्मीहरूमाथि आक्रमण भएको थियो ।

घटनाप्रति संघको गम्भीर ध्यानाकर्षण भएको जनाउँदै महासचिव डा सञ्जीव तिवारीले अस्पताल जस्तो संवेदनशील क्षेत्रमा भएको यस्तो आपराधिक कार्यको नेपाल चिकित्सक संघ घोर भर्त्सना गरेका छन् । अस्पताल जस्तो संवेदनशिल संस्थामा हुने यस प्रकारका आक्रमणले स्वास्थ्यकर्मीको मनोबल कमजोर हुने र त्यसको असर स्वास्थ्य सेवामा देखिने पनि उनले जिकीर गरेका छन् ।

 

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार