प्रधानमन्त्री ओलीले सुरु गरे एचपीभी खोप अभियान
हेल्थ टिभी अनलाइन : प्रधानमन्त्री केपी शर्मा ओलीले देशभर पाठेघरको मुखको क्यान्सरविरुद्धको निशुल्क एचपीभी खोप अभियान सुरु गरेका छन्।
मंगलबार काठमाडौंको बालुवाटारमा रहेको शिवपुरी उच्च मावि खोप केन्द्रमा राखिएको विशेष कार्यक्रममा प्रधानमन्त्री ओलीले उक्त क्षेत्रमा खटिएका काठमाडौं महानगरपालिका वडा नम्बर ३ का स्वास्थ्यकर्मीलाई स्वास्थ्य सामग्री हस्तान्तरण गरेर अभियान शुभारम्भ गरेका हुन्। प्रधानमन्त्री ओलीले खेपले छोरीहरुलाई पाठेघरको मुखको क्यान्सरबाट जोगाउने हुँदा १० देखि १४ वर्ष ृउमेरका सबै छोरीहरुलाई यो खोप लगाउन आग्र गरे ।
देशभरका १६ लाख बढी छोरीहरुलाई यो खोप दिइँदैछ । अभियान फागुन ६ सम्म चल्नेछ ।
फोटो : डब्लुएचओ नेपाल
‘इन्डोडन्टिक्स’ सम्बन्धी पहिलो ‘पीजी कन्भेन्सन’ सम्पन्न
सुरुङभित्र फसेका दुई जनाको जीवितै उद्धार
रसुवा बाढी : अझै पनि ४ हजार २१६ जना सम्पर्कविहीन
महिलाका अधिकारमाथि बढ्दो प्रहार, संरक्षणको माग
बाढीपछि तत्काल अपनाउनुपर्ने स्वास्थ्य सतर्कताहरू